६० श्रमजीवी कलाकारलाई राहत

समाधान संवाददाता, पोखरा
विश्व संगीत दिवस २०७८को अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले कोभिड १९ बाट प्रभावित श्रमजीवी कलाकारलाई सोमबार राहत वितरण गरेको छ ।
कोभिड १९ आकस्मिक सहयोग समितिमार्फत प्रतिष्ठानले राहत संकलन गरी २३ दृष्टिविहीन सहित ६० कलाकारलाईचामल, दाल, तोरीको तेल, चिउरा, सोयाविन लगायतका खाद्य सामग्री प्रदान गरेको अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । उनले कोभिड १९को फैलावटलाई रोक्नका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको कारण मारमा परेका पोखराका दोहोरी साँझमा कार्यरत कलाकार र कर्मचारीलाई राहत बाँडेको बताए ।
‘कोभिड १९को प्रकोप नियन्त्रण नभएको अवस्थामा प्रतिष्ठानले पूर्व निर्धारित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी कोभिड १९का कारण समस्यामा परेका श्रमजीवी कलाकारलाई खाद्यान्न वितरण गरेका छांै,’अध्यक्ष गुरुङले भने, ‘कोभिड १९ को प्रकोपबाट प्रकोपबाट आफैं सुरक्षित हुनुहोस्, भोकबाट हामीले बचाउछौं भन्ने अभियान चलाएका छौं ।’
अध्यक्ष गुरुङले प्रभावित कलाकारको विवरण संकलन गरी दोस्रो चरणमा समेत राहतका कार्यक्रम ल्याउने जानकारी दिए । प्रतिष्ठानले गण्डकी प्रदेशका समस्यामा परेका कलाकारलाई सक्दो सहयोग गर्ने उल्लेख गर्दै उनले भोकबाट कुनै पनि कलाकारले ज्यान गुमाउन नपरोस् भनेर आफू पनि बाँचौं अरुलाई पनि बचाऔं भन्ने साझा अभियान चलाएको बताए ।
अध्यक्ष गुरुङले कोभिड १९ का कारण मारमा परेका कलाकारको लागि प्रतिष्ठानले स्थापना गरेको आकस्मिक कोषमा ३२सहयोगीले २ लाख ४७ हजार रुपैयाँ प्रदान गरेको जानकारी दिए । उनले कोभिड १९को प्रकोप भएको पहिलो चरणमा समेत लोक दोहोरी क्षेत्रका कलाकारलाई राहत सहयोग गरेको बताए ।









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया