कोभिड अस्पताललाई फर्निचर

पोखरा, ७ असार (समाधान)
पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले लेखनाथको शिशुवामा रहेको कोभिड अस्पताललाई १५ बिरामी सुत्ने खाट प्रदान गरेका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले अस्पतालका प्रमुख डाक्टर प्रतिमा कोइरालालाई ती खाट हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्य, संघका कार्यसमिति सदस्य तथा फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पोखराका पूर्वअध्यक्ष हिरामणि पण्डित, पोखरा च्याम्बर्स उपाध्यक्ष ज्ञानबहादुर नेपाली, पोखरा महानगर वडा नम्बर २७ का अध्यक्ष पूर्णबहादुर गुरुङ, ३० का वडाध्यक्ष श्रीराम पोखरेल, महानगर स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पनि उपस्थिति थिए ।
कोभिड संक्रमित बिरामी कुरुवाको समस्यालाई मध्यनजर राख्दै अस्पताललाई ती खाट प्रदान गरिएको पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्यले जानकारी दिए । कोभिड महामारीकै बेला पोखरा महानगरले लायन्स क्लबसँगको सहकार्यमा सो अस्पताल निर्माण गरेको हो ।









नयाँ वर्ष मनाउन लेकसाइडकै सडकमा निम्तो
गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ
पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप: ३६ राइडरबिच प्रतिष्पर्धा
कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया