रोकिएनन् विवाह भोज, बागलुङका गाउँभर कोरोना संक्रमित

समाधान संवाददाता २०७८ असार ८ गते १५:५६

समाधान संवाददाता, बागलुङ

बागलुङमा निषेधाज्ञा जारी भए पनि विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् ।

निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागी हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागी भएका ३५ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

एउटै गाउँमा यति धेरै जनामा संक्रमण देखिएको हो । विवाहमा सहभागी भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाल बताउँछन् । गाउँभरी ज्वरो, रुघा, खोकी र शरीर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो ।

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागी एकै परिवारका चार जनाको संक्रमणबाट मृत्यु भएको थियो ।

Advertisement

’सात जनाभन्दा जम्मा नहुनु भन्ने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भने,’यदि कसैले नियम मिचे प्रशासनलाई खबर गरौँ ।’

तपाईको प्रतिक्रिया