कांग्रेसका अधिकांश सांसद केन्द्रीय नेता भेट्न काठमाडौंमा

समाधान संवाददाता २०७८ असार ८ गते १८:१२

समाधान संवाददाता, पोखरा

मन्त्रालय भागभन्डामा किचलो आएपछि गण्डकी प्रदेशका कांग्रेस सांसदहरु काठमाडौं गएका छन् । मन्त्रालय भागभन्डामा सांसदहरुले अडान नछाडेपछि र दलहरुले ठूला दलमा दाबी नछाडेपछि अधिकांश सांसद काठमाडौं गएका हुन् ।

काठमाडाैं गएका मध्ये अधिकांश मन्त्रीका आकाँक्षी छन् भने कतिपय सांसद आफुलाई मन पर्ने सांसदकाे पक्षमा लबिङ गर्न राजधानी पुगेका हुन् ।

Advertisement

काठमाडौंमा सांसदहरु सभापति शेरबहादुर देउवा, महामन्त्री लगायतका शीर्ष नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराईलाई भेट्ने योजना छ ।

पार्टी नेतृत्वसँग भेटेर मन्त्रालय भागभन्डा टुङ्ग्याएर पोखरा फर्कने योजना रहेको एक कांग्रेस सांसदले बताए । ‘मन्त्रालय भागभन्डादेखि पार्टी नेतृत्वसँग भेट्न आएका हौं,’ एक सांसदले भने ।

Advertisement

तपाईको प्रतिक्रिया