कास्की प्रहरी प्रमुखमा रमेश थापा

समाधान संवाददाता २०७८ असार ८ गते २१:५६


समाधान संवाददाता, पोखरा

कास्कीको प्रहरी प्रमुखमा रमेश थापा आउने भएका छन् ।

यसअघिका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ सरुवा भएर गएपछि उनको ठाउँमा थापा आउने भएका हुन् । आज देशभरका ५२ जना प्रहरी उपरीक्षकको सरुवा भएको हो ।

Advertisement

एसपी रमेश थापा यसअघि प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखामा कार्यरत थिए । श्रेष्ठलाई लागूऔषध नियन्त्रण व्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा कार्यालय काठमाडौंमा पठाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया