वृद्धाश्रमलाई सहयोग

समाधान संवाददाता २०७८ असार ९ गते ८:२२

पोखरा, ८ असार (समाधान)

पोखरा महानगरपालिका वडा नं ६ बैदाम निवासी बोगटी परिवारले पोखरा १७ छोरेपाटनमा रहेकोे मानव सेवा आश्रम तथा सीतापाइला स्थित पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।

महामारीमा मानव सेवा आश्रममा सहयोग धेरै कम भएको थियो । पूर्णबहादुर बोगटी र उनकी श्रीमती सुशीलाले ९ बोरा चामलसहित दाल, मस्यौरा, तेल, चना, चाउचाउ, चिउरा, नून, बिस्कुट, भाडा माझ्ने साबुन, लुगा धुने साबुन प्रदान गरे ।

Advertisement

मानव सेवा आश्रम छोरेपाटनका संयोजक राजन सापकोटाले परोपकारी मनकै सहयोगमा आश्रम चलिरहेको बताए ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमशेशव पराजुलीलाई पनि खाद्यान्न चामल, दाल, मस्यौरा, तेल, चना, चाउचाउ, चिउरा, नून, बिस्कुट, भाडा माझ्ने साबुन, लुगा धुने साबुन बोगटी परिवारले हस्तान्तरण गरेको छ ।

Advertisement

हाल अमेरिकामा रहेका विप्लव बोगटी, प्रतिभा बोगटी, एलिना, अस्टिन र अतिथि बोगटीको जन्मदिनको उपलक्ष्यमा बोगटी परिवारले ५० हजारभन्दा बढीको खाद्यान्न सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया