भिन्तुनाको खाना अभियान

समाधान संवाददाता २०७८ असार ९ गते ८:२६

समाधान संवाददाता, पोखरा

पोखरा ३ तेर्सापट्टिकोे भिन्तुना युवा क्लबको निःशुुल्क खाना खुुवाउने अभियान सकिएको छ । सोमबार गण्डकी मेडिकल कलेज (जिएमसी) कार्यक्रम गरी अभियान सकिएको जानकारी दिइयो ।

क्लबले ११ दिन अघिदेखि जिएमसीमा बिहान बेलुुका खाना खुुवाउँदै आएको थियो । स्वास्थ्यकर्मी र कोभिड बिरामीका लागि खानासँगै खाजाको समेत व्यवस्थापन गर्न क्लबसँग सहकार्य गर्ने संस्थालाई अध्यक्ष राजन श्रेष्ठले धन्यवाद दिएका छन् ।

Advertisement

गत वर्षको लडकाउनमा पनि आफूहरुले २० दिनमा १८ हजार विपन्नलाई खाना खुुवाएको उनले बताए । अहिले सो कार्यक्रमको निरन्तरतासँगै अक्सिजन सिलिन्डर संकलन पनि गरिएको बताए । अक्सिजन
उपलब्धतालाई सहज बनाउन बतास फाउन्डेसनसँग क्लबले सहकार्य गरेको उनले बताए ।

क्लबले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समेत खाना वितरण गरेको थियो ।खाना वितरण गर्न करिब साढे ३ लाख खर्च भएको उनको भनाइ छ ।श्रेष्ठले खाजा व्यवस्थापनमा मेक अ चेन्ज नेपालको सहकार्य रहेको उल्लेख गरे ।

Advertisement

गण्डकी प्रदेश सांसद विन्दुुकुुमार थापाले महामारीका बेला भिन्तुुना युवा क्लबले उदाहरणीय कार्य गरेको बताए । नेपाली कांग्रेसकी नेतृ लक्ष्मी पाण्डेले आफ्नो ज्यानको बाजी राखी समाजसेवाको भावनाअनुुरुप सराहनीय काम गरेको भन्दै क्लबलाई धन्यवाद दिइन् ।

तपाईको प्रतिक्रिया