जनप्रिय क्याम्पसलाई कृषि बैंकद्वारा शैक्षिक सामग्री

समाधान संवाददाता २०७८ असार १० गते १०:२४

ब्रान्डेड २ थान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक सामग्री हस्तान्तरण

पोखरा, ९ असार

जनप्रिय बहुमुखी क्याम्पसलाई कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गतको शैक्षिक सामग्री कम्प्युटर तथा प्रोजेक्टर बुधबार एक समारोहबिच हस्तान्तरण गरेको छ ।

Advertisement

प्रमुख आमन्त्रित व्यक्तित्व कृषि विकास बैंक लिमिटेड सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुलीले ‘क्याम्पसलाई हस्तान्तरण गरिएका सामग्री थोरै जस्तो भए पनि महत्व धेरै छ । सानो जस्तो लागे पनि यसको सन्देश ठूलो छ,’ उनले भने ।

पराजुलीले क्याम्पसलाई कर्जा सुविधा दिन तत्पर रहेको जनाउँदै घरआँगनको बैंकमा आर्थिक गतिविधि गर्न आग्रह पनि गरे । उनले श्रमबजारलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले दिएको योगदानबाट बैंक वित्तीय क्षेत्र मात्रै होइन समुदाय नै लाभान्वित भएको बताए ।

Advertisement

बैंकका गण्डकी प्रदेश निर्देशक रघुनाथ अधिकारीलेसमुदायमा आधारित नाफारहित क्याम्पससँग जोडिन पाउनु बैंकको गौरव भएको उल्लेख गरे । २०४२ सालबाट कम्प्युटर प्रणालीबाट सेवा दिँदै आएको बैंकले शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन शैक्षिक सामग्री र कम्प्युटर उपकरण हस्तान्तरण गरिएको जनाए ।

बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजालले वित्तीय कारोबार गर्ने बैंकले नाफाको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य प्रावधान अनुसार सामुदायिक क्याम्पस जनप्रियलाई रोजिएको बताए ।

रिजालले क्याम्पसका बिबिए, बिबिएस र एमबिएस अध्ययन गर्ने विद्यार्थी बैंकमा इन्टर्नसिपका लागि आउने हुँदा आगामी दिनमा दुई संस्थाबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरे ।

क्याम्पस प्रमुख विरञ्जी गौतमलेबैंकले प्रदान गरेको शैक्षिक सामग्री व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि सहयोगी हुने बताए । क्याम्पसलाई प्राप्त कम्प्युटर र प्रोजेक्टरको परिमाण सानो आकारको भए पनि मन ठूलो रहेको तथ्यलाई स्मरण गर्दै सहयोगको सम्मान गर्ने बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले शैक्षिक संस्था र वित्तीय संस्थाबीच कार्यगत एकता हुनु सकारात्मक सन्देश हो, भावी दिनमा अझै हातेमाला गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि क्याम्पसले अनलाइनमार्फत् भर्चुअल कक्षा सञ्चालन गरिरेहेको अवस्थामा बैंकद्वारा प्रदान गरिएका सामग्रीले पठनपाठनमा सहयोग पुग्ने विश्वास उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए ।

डेल कम्पनीको ब्रान्डेड २थान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक सामग्रीबैंक सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुली, प्रदेश निर्देशक रघुनाज अधिकारी, र शाखा प्रबन्धक माधव रिजाललेक्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरी र क्याम्पस प्रमुख विरञ्जी गौतमलाई हस्तान्तरण गरेका थिए ।

२०२४ सालमा स्थापित कृषि विकास बैंकले ५४ वर्ष पार गरिसकेको छ । राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कृषि विकास बैंकले मुलुकका सबै क्षेत्रमा शाखा विस्तार गरेर सेवा प्रवाह गरेको छ । नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयरमा २ लाख ५० हजारभन्दा बढी सेयर सदस्य आवद्ध छन् । अत्याधुनिक प्रविधिसँग जोडिएको बैंकले कृषि क्षेत्रलाई मात्रै होइन वाणिज्य क्षेत्रलाई समेट्दै आफ्ना प्रडक्ट ग्राहकको पहुँचसम्म पु¥याएको छ ।

क्याम्पसको सभाहलमा कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमको सभापतित्व निर्देशक रघुनाथ अधिकारीले गरेका थिए भने सञ्चालन वरिष्ठ शाखा प्रमुख महेश पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया