पोखरा महानगरले हेलम्बु र मेलम्चीलाई सहयोग गर्ने

समाधान संवाददाता २०७८ असार १० गते १७:३०

समाधान संवाददाता, पोखरा

बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका दुई पालिका –मेलम्ची र हेलम्बु)लाई पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै उपमेयर मञ्जुदेवी गुरुङले दुई पालिकालाई १०÷१० लाख रुपैयाँ सहयोग गर्ने जनाइन् ।

महानगरले आज आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ । उपमेयर मञ्जुदेवी गुरुङले महानगरको नवौं नगरसभामा बिहीबार ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षको बजेट भन्दा ८ करोड बढाएर आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गरिएको हो । चालु आर्थिक वर्षको बजेट आकार ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको थियो ।

Advertisement

अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत संघ सरकारबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात ४१ प्रतिशत, प्रदेश सरकारबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत रकम महानगरले प्राप्त गर्नेछ । संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत रकम प्राप्त हुने बजेटमा उल्लेख छ ।

शिक्षामा १ अर्ब ४९ करोड, प्रशासनिकतर्फ ५२ करोड ५२ लाख, पर्यटन र वातावरणमा २६ करोड ६७ लाख, स्वास्थ्यमा २१ करोड ५० लाख, कृषिमा ४ करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया