लोमान्थाङको बजेट २४ करोड ,शिक्षा ,स्वास्थ्य र पर्यटन प्रर्वद्धनमा जोड

समाधान संवाददाता २०७८ असार ११ गते १०:१२

सुन्दरकुमार थकाली \ जोमसोम

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले शिक्षा ,स्वास्थ्य ,विपत व्यवस्थापन र पर्यटन प्रर्वद्धन लगायतलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट तथा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङमा बिहिबार आयोजित बजेट तथा नीति तथा कार्यक्रम सार्वजनिकीकरण दशौं गाउँ सभामा पालिकाकी उपाध्यक्ष पेमाडोल्पा बिष्टले २४ करोड ८ लाखको अनुमानित आय—व्यय विवरण बजेट प्रस्तुत गरिन् । लोमान्थाङ गाउँपालिकाले संघ तथा प्रदेश र स्थानीय तहको आन्तरिक श्रोतलाई केन्द्रमा राखेर बजेट सार्वजनिक गरेको छ ।

लोमान्थाङले कुल बजेटको चालु खर्चतर्फ १२ करोड १० लाख १३ हजार र पँुजिगत खर्चतर्फ ११ करोड ९८ लाख बजेट बिनियोजन गरेको छ । लोमान्थाङको बजेटमा संघीयतर्फ बित्तिय समानिकरण अनुदान ७ करोड ३ लाख ,शसर्त अनुदान ७ करोड ७८ लाख र समपुरक अनुदान १ करोड ४९ लाख समावेश छ ।

प्रदेशतर्फ बित्तिय समानिकरण अनुदान ४४ लाख २० हजार , शसर्त अनुदान ५० लाख ,प्रदेश राजश्व बाँडफाँटतर्फ १८ लाख ८८ हजार र समपुरक अनुदान ६० लाख रहेको लोमान्थाङका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए । यस्तै,लोमान्थाङको आन्तरिक श्रोत २ करोड ४३ लाख ४९ हजार रहेको प्रशासकीय अधिकृत भण्डारीले बताए ।

लोमान्थाङले कुल बजेटको शिक्षातर्फ ३ करोड १३ लाख ,स्वास्थ्यतर्फ १ करोड ९६ लाख ,कृषि तथा पशुपालनतर्फ ८९ लाख ,रोजगारतर्फ ३५ लाख ५६ हजार ,निर्माणतर्फ १ करोड ९८ लाख ,पर्यटन प्रर्वद्धनमा १ करोड र वन तथा वातावरणतर्फ १० लाख बजेट बिनियोजन गरेको छ ।

यस्तै , कार्यालय खर्च व्यवस्थापनतर्फ ५ करोड ६६ लाख ५७ हजार बिनियोजन गरिएको छ ।
लोमान्थाङले ५ वटा आयोजनालाई स्थानीय तहको गौरवको आयोजनाको रुपमा समावेश गरेको जनाएको छ ।

जसअन्तर्गत किमलिङ युनिफाईड एकिकृत विद्यालयलाई २ करोड ९८ लाख ,पर्यटन प्रर्वद्धनमा १ करोड , छ्योदे गुम्बा निर्माणमा १ करोड ,लोमान्थाङ १ र २ मा नदी नियन्त्रण तटबन्धमा ५० लाख र आवासिय विद्यालय छात्राबास संञ्चालनमा १८ लाख बजेट छुट्याएको छ ।

तपाईको प्रतिक्रिया