घरपझोङको बजेट ३३ करोड १२ लाख

समाधान संवाददाता २०७८ असार ११ गते ११:०८

सुन्दरकुमार थकाली \ जोमसोम—

मुस्ताङ सदरमुकाम रहेको घरपझोङ गाउँपालिकाले बिहिबार आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित आय—व्यय बजेट सार्वजनिक गरेको छ । पालिका अध्यक्ष आशबहादुर थकालीको अध्यक्षतामा भएको आठौं गाउँ सभा समारोहमा उपाध्यक्ष शर्मिला गुरुङले पालिकाका लागि ३३ करोड १२ लाख २६ हजार ९ सय ५० रुपैयाको बजेट प्रस्तुत गरिन् ।

पालिकाकी उपाध्यक्ष गुरुङले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ १६ करोड ९२ लाख २६ हजार र पुँजिगत विकास खर्च १६ करोड १९ लाख ४१ हजार बिनियोजन गरिएको छ । बजेटमा संघ तथा प्रदेश सरकारबाट आउने बित्तिय समानिकरण ,सशर्त , राजश्व बाँडफाँट ,समपुरक अनुदान र पालिकाको आन्तरिक श्रोत समावेश गरिएको उपाध्यक्ष गुरुङले बजेटमा उल्लेख गरिन् ।
पालिकाले कुल बजेटको विभिन्न बिषयगत विकास समिति अन्तर्गत आर्थिक विकासतर्फ ९९ लाख ४३ हजार ,सामाजिक विकासतर्फ ६६ लाख ४५ हजार , पूर्वाधार विकासतर्फ ५९ लाख ३ हजार ,वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६७ लाख ८० हजार र सुशासन तथा संस्थागत विकासतर्फ २० लाख ७० हजार बजेट छुट्याईएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रम मुताबिक स्थानीय तहलाई आर्थिक रुपमा सवल ,सामाजिक रुपमा ऐक्येवद्धता ,सांस्कृतिक रुपमा मौलिक गन्तब्यका रुपमा विकास गर्दे सुन्दर र समृद्ध पर्यटकीय गाउँपालिका बनाउने लक्ष्य लिएको जनाएको छ ।पालिकाले सन्तुलित एवं समन्यायिक माध्यमबाट समतामूलक र समृद्ध समाज निर्माणमा जोड दिने र हाल देखिएको कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्दै विकास निर्माणका नयाँ र अधुरो आयोजनालाई पूरा गर्ने बताईएको छ ।
घरपझोङले स्थानीय तह अन्तर्गत उपभोक्ता समितिबाट निर्माण भएका आयोजना पुरै संम्पन्न भईसकेको र संघ तथा प्रदेश सरकारबाट संञ्चालन भएका विकास योजनाहरु अन्तिम चरणमा पुगेको जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया