थासाङको बजेट ३० करोड ९७ लाख,नदी नियन्त्रण ,पर्यटन प्रर्वद्धन ,पूर्वाधार देखि स्वास्थ्य सेवामा जोड

समाधान संवाददाता २०७८ असार ११ गते १३:४१

सुन्दरकुमार थकाली \ जोमसोम—

मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकाले बिहिबार आर्थिक वर्ष २०७८—०७९ को बार्षिक अनुमानित आय÷व्यय बजेट सार्वजनिक गरेको छ । पालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनको अध्यक्षतामा भएको आठौ गाउँ सभामा उपाध्यक्ष बालकुमारी शेरचनले ३० करोड ९६ लाख २९ हजार लागतको बजेट पेश गरिन् ।
थासाङले आर्थिक वर्ष २०७८—०७९ का लागि चालु खर्चतर्फ ८ करोड १५ लाख ७९ हजार र पुँजिगत खर्चतर्फ २२ करोड ८० लाख ५० हजार लागतको बजेट सार्वजनिक गरेको हो ।थासाङको बजेटमा संघीय सरकारको अनुदान २५ करोड ५२ लाख ५६ हजार र प्रदेश सरकारको अनुदान १ करोड ७६ लाख १४ हजार समावेश छ ।संघीयतर्फ बित्तिय समानिकरण ६ करोड ९९ लाख ,राजश्व बाडफाड ३ करोड ६१ लख ५६ हजार ,शसर्त अनुदान १३ करोड ५ लाख र बिषेश अनुदान १ करोड ८७ लाख छ । यस्तै ,प्रदेशतर्फ बित्तिय समानिकरण ५५ लाख १७ हजार ,शसर्त अनुदान ५० लाख ,समपूरक अनुदान ५० लाख र राजश्व बाडफाड २० लाख ९७ हजार छ ।
थासाङकी उपाध्यक्ष शेरचनद्धारा आठौ गाउँ सभामा प्रस्तुत गरिएको बजेटमा आर्थिक विकासतर्फ १ करोड ७३ लाख ,पूर्वाधार विकासतर्फ १ करोड ७५ लाख ,सामाजिक विकासतर्फ ३ करोड ३६ लाख २९ हजार र संस्थागत विकास तथा सुशासनतर्फ ९५ लाख ९७ हजार छ ।
यस्तै ,बिपद कोषतर्फ २० लाख ,कोभिड—१९ जोखिम भत्ता १५ लाख र माहामारी रोग नियन्त्रण कार्यक्रममा २० लाख गरी कुल ३७ लाख बजेट बिनियोजन गरिएको छ ।

थासाङले चालु आर्थिक वर्षमा रहेको करिव २० लाख बजेटमा थप २० लाख बजेट थपेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष खत्रीले जानकारी दिए । उनका अनुसार थासाङले बिपद् व्यवस्थापन सहायता कोषमा ७ लाख बजेट बिनियोजन गरेको छ । थासाङ गाउपालिका भित्र बर्सेनि बाढी÷पहिरो र नदी कटानको उच्चजोखिम रहेकाले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण लगायतमा बजेटमा उच्चप्राथमिकता दिएको छ ।
थासाङले म्याग्दी र मुस्ताङको सीमाना घासामा स्वास्थ्य चौकी भवन निर्माण गर्ने जनाएको छ । यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको २० लाख र पालिका स्वंयमको ८० लाख रहने गरी साझेदारीमा स्वास्थ्य चौकी भवन निर्माण गर्ने बताएको छ ।

Advertisement

थासाङकै कुञ्जो र भिप्रा देउरालीमा निर्माणधिन स्वास्थ्य चौकी भवन संम्पन्न गरी उपकरण र स्वास्थ्य सामाग्री खरिद गरी सेवा संञ्चालन गर्ने जनाएको छ ।

पर्यटन प्रर्वद्धनतर्फ संघीय सरकारको पर्यटन मन्त्रालयबाट ४ करोड ९७ लाख र प्रदेशको समपुरक बजेट ५० लाखबाट पर्यटकीय गन्तब्य गुरुस्याङवो गुफा ,सेकुङ ताल ,भुतर्छो ताल र टिटी ताल लगायतको स्तरोन्नति गरिने जनाईएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया