यस्ता छन् गण्डकी प्रज्ञा प्रतिष्ठानको योजना

लोकनृत्य, लोक गायन, लोकदोहोरी, चित्रकला र साहित्य क्षेत्रका विभिन्न प्रतियोगिता सञ्चालन गर्ने
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी आर्थिक वर्ष २०७८ र ०७९ मा भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय काम गर्ने भएको छ ।
प्रतिष्ठानले दीर्घकालीन र अल्पकालीन योजनाका आधारमा काम गर्न लागेको हो ।
गण्डकी प्रदेश सरकारको मन्पिरिषद्को २०७८ वैशाख १४ गतेको निर्णयअनुसार गठित ‘गण्डकी प्रज्ञा प्रतिष्ठान’ले भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा क्रियाशील संघसंस्था र स्रष्टाहरुसँग अन्तक्र्रिया कार्यक्रम गर्ने र सोको प्रचारमा टेवा पुु¥याउने योजना बनाएको छ ।
प्रतिष्ठानका सदस्य सचिव मनकुुमार श्रेष्ठले हाल प्रतिष्ठानको कार्यालय शिक्षा कार्यालय बगरमा रहेको र आवश्यक भौतिक सामग्री खरिद गरी व्यवस्थित गर्ने कार्य भइरहेको जानकारी गराए । उनले लोकनृत्य, लोक गायन, लोकदोहोरी, चित्रकला र साहित्य क्षेत्रका विभिन्न प्रतियोगिता सञ्चालन गर्ने तयारीमा प्रतिष्ठान रहेको बताए ।
उनका अनुसार संस्थाको लोगो र वेबसाइड बनाई अनलाइन माध्यममार्फत पनि प्रतिष्ठानका गतिविधिबारे जानकारी लिन मिल्ने गरी व्यवस्थित गरिने छ । विभिन्न विधामा महत्वपूूर्ण योगदान पुु¥याउने स्रष्टाहरुको बायोग्राफी निर्माण गर्ने योजना प्रतिष्ठानको छ । स्रष्टा कलाकार, साहित्यकारको परिचय—पत्र निर्माण तथा वितरणमा समेत प्रतिष्ठानले काम गर्ने भएको छ ।
नाटक लेखन प्रशिक्षण तथा प्रदर्शन गर्ने, संस्थाको भावना अनुसार सञ्चालन हुने महोत्सव तथा कार्यक्रमहरुमा सहकार्य गर्ने योजना प्रतिष्ठानको छ । संस्थाको वार्षिकोत्सवका अवसरमा विभिन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रम समेत गरिने भएको छ ।
पृथ्वी पुुरस्कार, भानुु पुुरस्कार, धर्मराज पुुरस्कार, झलकमान पुरस्कार, लेखनाथ पुुरस्कार, अलिमिया पुरस्कार, बुुद्धि परियार पुुरस्कार, क्या. मीनबहादुर गुुरुङ पुरस्कार, माधव घिमिरे पुुरस्कार, भेडीखर्के साइँलो पुुरस्कार, धर्मशीला पुुरस्कार, भूपी शेरचन पुुरस्कार, चेतन कार्की पुुरस्कार, गोकुुल जोशी पुुरस्कार, विषे नगर्ची पुुरस्कार, अम्मर गुुरुङ पुुरस्कार, कल्याण शेरचन पुरस्कार वितरण कार्यक्रमलाई समेत निरन्तरता दिइने गरी योजना तय भएको श्रेष्ठले बताए ।
उनका अनुसार संगीत, ललितकला, साहित्य, संस्कृति, लोक संस्कृति र नाटक विधामा गण्डकी प्रज्ञा पुरस्कार प्रदान गरिनेछ । सर्वज्ञमान, सरोज गोपाल, रत्नदास, मेलवादेवी, भुुवनेश्वर कोइराला, सर्वज्ञ विश्वकर्मा, मुुक्तिनाथ शर्मा लगायत अन्य स्रष्टाहरुको नाममा पुुरस्कार जोड्ने विषयलाई निरन्तरता दिइने योजना प्रतिष्ठानको छ ।
प्रतिष्ठानले आगामी आर्थिक वर्षमा शास्त्रीय संगीतको अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गर्ने भएको छ । बहुुसांस्कृतिक उत्सव, साहित्यिक महोत्सव, विभिन्न स्रष्टाहरुको जन्मजयन्ती मनाउने कार्यक्रमलाई समेत प्रतिष्ठानको योजनाभित्र समेटिएको छ ।
अभिनय, नृत्य, गायन, वाद्यवादन, चित्रकला, मूर्तिकला, भाषणकला, उद्घोषण कला विषयमा प्रशिक्षण सञ्चालन गर्ने योजना प्रतिष्ठानको छ । अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रमहरुमा आवश्यकता अनुसार सहभागिता गराउने लक्ष्य गण्डकी प्रज्ञा प्रतिष्ठानले राखेको छ ।
स्थापना दिवस, गणतन्त्र दिवस, संगीत दिवस, छन्द दिवसका अवसरमा कार्यक्रम गर्ने श्रेष्ठले जानकारी गराए । भानुु जयन्तीका दिन सप्ताहव्यापी कार्यक्रमको तयारीमा प्रतिष्ठान छ ।
उनले भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा सामाजिक विषयहरुको प्रतिनिधित्व हुने गरी अध्ययन गर्ने र गराउने कार्यलाई अगाडि बढाउने बताए । प्रतिष्ठानको स्थायी कार्यालय स्थापनाका लागि यो वर्ष जग्गा व्यवस्थापन र भवनको नक्सा तयार गर्ने योजना रहेको श्रेष्ठले बताए ।
‘गण्डकी प्रज्ञा पुुस्तकालय निर्माण र व्यवस्थापन, मातृभाषाको संरक्षण र प्रवद्र्धनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन, केन्द्रीय वा स्थानीय एकेडेमीसँग अन्तत्र्रिmया तथा अनुुभव आदानप्रदान, तिनै तहका सरकारसँग आवश्यकता आधारमा अन्तत्र्रिmया लगायत कार्यक्रम गरिनेछ,’ उनले भने ।
श्रेष्ठले गण्डकी प्रदेशका सबै स्थानीय तहमा भाषा, साहित्य, संस्कृति, लोक संस्कृति, ललितकला, नाट्यकला, संगीतको संरक्षण र प्रवद्र्धनका लागि विद्यालय स्तरबाट सचेतनामूुलक कार्यक्रम गरिने जानकारी गराए ।
उनले लोक बाजाहरुको संरक्षण र प्रवद्र्धनमा समेत विभिन्न कार्यक्रम गरिने बताए । ‘लोपउन्मुख बजाहरुको संकलन र प्रदर्शन कार्यलाई पनि निरन्तरता दिइनेछ,’ उनले भने, ‘गण्डकी विश्वविद्यालयसँग सहकार्य गरी संगीत र ललितकलाको विभाग सञ्चालनका लागि आवश्यक गृहकार्य गर्ने र पाठ्यक्रम समेत निर्माण गर्ने योजना प्रतिष्ठानको छ ।’
उनले स्रष्टा उपचार कोष यो वर्ष २५ लाख पु¥याउने लक्ष्य रहेको बताए । उपकुुलपति गोरे गुुरुङको संयोजनमा एक समिति गठन गरी आवश्यक प्रक्रिया अगाडि बढाइउने उनको भनाई छ ।
‘कार्ययोजना सहितको क्यालेन्डर प्रकाशन, स्रष्टा उपचार कोषको सञ्चालन, एकेडेमीको प्रगति विवरण तथा यसको विकासका लागि प्रदेश सरकारसँग छलफल कार्यक्रम, मुुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम, आवश्यकता अनुसार भ्रमण कार्यक्रम, सांस्कृतिक ग्राम निर्माण गर्न पोखरा प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरी जग्गा पहिचान’ लगायत कार्ययोजना प्रतिष्ठानको छ ।
सबैले कार्यक्रम गर्ने गरी खुुला स्टेज निर्माण गर्ने योजनामा प्रतिष्ठान छ । प्रतिष्ठानका विभागहरुसँग सहकार्य गरी विभागीय कार्यक्रमलाई समेत निरन्तरता दिइने श्रेष्ठले बताए ।









पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
६४ युनिट रगत संकलन
पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया