६ संक्रमितको मृत्यु, २१३ संक्रमित थपिए

समाधान संवाददाता २०७८ असार ११ गते १७:३६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आज ६ संक्रमितको ज्यान गएको छ । नवलपुरका ३, कास्कीका २ र स्याङ्जाका १ संक्रमितको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कोरोनाबाट गण्डकीमा ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ । आज प्रदेशभर कोरोना संक्रमितको संख्या २१३ छ । ११०७ जनाको कोरोना परीक्षण गर्दा २१३ जनामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

Advertisement

सबैभन्दा बढी कास्कीमा १०३ जना संक्रमित थपिएका छन् । नवलपुरमा ३७, बागलुङमा २५, पर्वतमा २०, म्याग्दीमा १३, गोरखामा ६, तनहुँमा ५ र स्याङ्जामा ४ जना संक्रमित थपिएका छन् ।

प्रदेशभर कोरोना संक्रमितको संख्या ५३९२१ पुगेको छ । तीमध्ये २७५३ जना सक्रिय संक्रमित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया