उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाको बजेट २६ करोड ८९ लाख

समाधान संवाददाता २०७८ असार ११ गते १७:४८

सुन्दरकुमार थकाली \ जोमसोम—

दुर्गम स्थानीय तहको रुपमा परिचित उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाले बिहिबार आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित बार्र्षिक बजेट तथा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको अध्यक्षतामा भएको नवौ गाउँ सभामा उपाध्यक्ष ढोका गुरुङले २६ करोड ८९ लाख ७७ हजार लागतको अनुमानित आय÷व्यय बजेट सार्वजनिक गरेकी हुन् ।
लोघेकर दामोदरकुण्ड गापाको बजेटमा चालु खर्चतर्फ १० करोड ५० लाख ७५ हजार छ भने पँुजिगत खर्चतर्फ १४ करोड २४ लाख ८५ हजार रहेको छ । उपाध्यक्ष ढोका गुरुङले प्रस्तुत गरेको बजेटमा संघीयतर्फ बित्तिय समानिकरण ६ करोड ९९ लाख , बिषेश अनुदान ८७ लाख , शसर्त अनुदान ६ करोड ३५ लाख र संघीय राजश्व बाँडफाँट ३ करोड ६१ लख ५६ हजार रहेको छ भने प्रदेशतर्फ बित्तिय समानिकरण ३६ लाख , समपुरक अनुदान २ करोड ७३ लाख ८४ हजार , शसर्त अनुदान ३० लाख र प्रदेश राजश्व बाँडफाँड २१ लख ५४ हजार रहेको छ ।

यस्तै ,बजेटमा पालिकाको आन्तरिक श्रोत १५ लाख ,पालिकाको मौज्याद कोषमा बाँकी ५० लाख र निजी क्षेत्रबाट परिचालन हुने २ करोड १४ लाख १७ हजार कुल बजेटमा समावेश गरिएको उपाध्यक्ष ढोका गुरुङले बजेट बक्तब्यमा सुनाईन् ।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले कृषि ,पर्यटन ,पूर्वाधार निर्माण ,शिक्षा ,स्वास्थ्य र धार्मिक संम्पदाहरुको स्तरोन्नति र विकासमा बजेट लक्षित रहेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । उनले पालिकाको धार्मिक ,सांस्कृतिक र आर्थिक विकासका लागि संघ तथा प्रदेश स्तरका गौरवका आयोजना समेत रहेको उल्लेख गरे ।

Advertisement

उनका अनुसार लोघेकर दामोदरकुण्डमा निजी क्षेत्र अन्तरर्गत पाईला नेपालले अपांगता भएका बिद्यार्थीहरुका लागि सिकाई सहजीकरण कार्यक्रम अन्तर्गत ३ लाख ९७ हजार बजेट सम्झौता गरेको गरेको छ भने उपल्लो मुस्ताङको जिग्मे फाउन्डेसनले स्वास्थ्य लगायतलाई प्राथमिकता राखेर २ करोड १० लाखको कार्यक्रम संञ्चालन गर्ने सम्झौता गरेको छ । गाउँंपालिकाको गाउँसभाले पाइला नेपाल र जिग्मे फाउन्डेसनको बजेटलाई समावेश गरेको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ देखि पालिका भित्रका बिद्यालयमा अध्ययनरत बिद्यार्थीको बैकिङ खाता खोल्ने निर्णय गरेको छ । पालिकाले बिद्यार्थीहरुको उच्चशिक्षा सहज बनाउन स्थानीय अभिभावक तथा पालिकाको संयुक्त साझेदारीमा बिद्यार्थीको नाममा मासिक बैंक खाता खोल्ने जनाएको छ ।

Advertisement

कक्षा १० सम्मको अध्ययन पुरा गरी प्लस टु को पढाईलाई आर्थिक रुपले सहज गर्ने उद्देश्यले अभिभावकबाट मासिक २ सय पालिका मार्फत मासिक २ सय गरी मासिक ४ सय रुपैया बिद्यार्थीको नाममा खाता संञ्चालन गरी रकम जम्मा गरिने जनाईएको छ । यसका लागि प्रभू बैंकसंग खाता संञ्चालन प्रक्रिया अघि बढाईने अध्यक्ष बिष्टले बताए ।
यस्तै ,कृषिमा आत्मनिर्भर बनाउन स्याउ खेती बिस्तार तथा प्रर्वद्धनमा जोड दिने पालिकाले लक्ष्य लिएको छ । कोरोना बिरुद्धको अभियान संञ्चालन तथा यसको प्रतिकार्य गर्दै विकास योजनालाई मूर्त रुप दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आर्थिक स्वरोजगार ,सुशासन र विकास र स्थानीय तहका ऐतिहासिक तथा पुरातात्विक संम्पदाको खोज अनुसन्धान, संरक्षण र विकासमा जोड दिने पालिकाको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया