पूर्वाधार केन्द्रीत कास्कीका पालिकाको बजेट

समाधान संवाददाता २०७८ असार १२ गते ८:१५

समाधान संवाददाता, पोखरा

माछापुच्छ«े गाउँपालिकाले ५६करोड ५८ लाख ९८हजार ४ सय ७१रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् ।

आर्थिक वर्ष २०७८÷७९ का लागि आन्तरिक आयबाट २करोड २८ लाख २० हजार, संघीय सरकारको वित्तिय समानीकरण अनुदानतर्फ १० करोड ७ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ७४ लाख ९६ हजार, विशेष अनुदानतर्फ १ करोड ६२ लाख, समपूरक अनुदानतर्फ १ करोड ३७ लाख, सशर्त अनुदानतर्फ २४ करोड ९७ लाख छ ।

Advertisement

प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ १ करोड १३ लाख १२ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५५ लाख ८२ हजार, प्रदेश सरकार समपूरक अनुदान तर्फ १ करोड, सामाजिक सुरक्षातर्फ १४ करोड १७ लाख १० हजार ९ सय ६८ रुपैयाँ पालिकाले प्राप्त गरेको छ । पालिकाको आगामी वर्षका लागि प्रशासनिक खर्च १० करोड ९२ लाख ५० हजार छ ।

माछापुच्छ«ेको सडक मर्मत सम्भार कोषमा ७० लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको छ । समग्र गाउँपालिकाका सडकको गुणस्तर वृद्धिका लागि १२ करोड ३५ लाख ४० हजार विनियोजन गरिएको छ ।

Advertisement

दूध उत्पादनमा आधारित अनुदान कार्यक्रममा १२ लाख ८० हजार रुपैयाँ विनियोेजन गरेको उपाध्यक्ष दवाडीले बताइन् । नदी कटान र बाढी पहिरो नियन्त्रणका लागि ग्याबिन जालीखरिद गर्न गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

कृषितर्फ १ करोड ५ लाख ७३ हजार रुपैयाँ विनियोजन भएको छ । उनले भनिन्, ‘पालिका कृषिमा अग्रणी गाउँपालिकाको रुपमा रहेको छ । पशुपालन, दुग्ध व्यवसाय, कुखुरापालन, मत्स्यपालन लगायतका कृषि व्यवसायलाई व्यावसायीक रुपमा अघि बढाउन कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण, र यान्त्रिकीकरण गर्न १ करोड ५ लाख ७३ हजार ३ सय ७३विनियोजन गरेको छु ।’

पर्यटकीय पदमार्गको विकास गर्न २९ लाख ४७ हजार रुपैयाा विनियोजन गरिएको जनाइएको छ । कोभिड १९ को असरलाई रोकथाम, नियन्त्रण तथा बिपद व्यवस्थापनको लागि ४८ लाख ९९ हजार रुकमको बजेट व्यवस्था गरिएको उपाध्यक्ष दवाडीले बताइन् । शैक्षिक क्षेत्रका लागि ९४ लाख २५ हजार बजेट छ ।

स्वास्थ्य क्षेत्रका लागि ८९ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । उपाध्यक्ष दवाडीले पालिकामा बिमा सेवा सञ्चालन गरिने जनाएकी छन् । ‘अति विपन्न, द्वन्द्वपीडित अपांग नागरिकको स्वास्थ्य बिमा, माछापुच्छ«े गाउँपालिकाको जिम्मा भन्ने नारालाई अंगीकार गर्दै बजेट व्यवस्था गरेकी छु,’ दवाडीले भनिन् ।

खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध ७८ लाख ५० हजार विनियोजन भएको छ । लक्षित वर्गका लागि कार्यक्रम सञ्चालनार्थ ५८ लाख विनियोजन गरिएको दवाडीले बताइन् । पालिकाले न्याय सम्पादन प्रभावकारी बनाउन मेलमिलापकर्तालाई परिचालन गर्ने भएको छ । यसका लािग ६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको जनाइएको छ । स्वरोजगार कार्यक्रम सञ्चालन गर्न ७० लाख विनियोजन भएको छ ।

मादी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ५६ करोड ४ लाख ८३ हजार ५ सय बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले सो रकमको बजेट प्रस्तुत गरेकी हुन् ।

संघीय सरकारको वित्तीय समानीकरण ९ करोड ३ लाख, सर्शत अनुदानतर्फ २५ करोड १३ लाख, विशेष अनुदान१ करोड २० लाख, राजस्व वाँडफाँड ८ करोड २८ लाख ४७ हजार, प्रदेश सरकार वित्तीय समानीकरणमा ९९ लाख २० हजार र राजस्व बाँडफाँडमा ६७ लाख ६८ हजार पालिकाले प्राप्त गरेको छ ।

पालिकाले सबैभन्दा बढी सामाजिक विकासतर्फ २९ करोड ४० लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ । सुशासन तथा संस्थागत विकासमा ११ करोड ७९ लाख १८ हजार, पूर्वाधार विकासमा १० करोड ६८ लाख ९० हजार, आर्थिक विकासतर्फ ३ करोड ३ लाख २५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड १३ लाख ३० हजार विनियोजन गरेको छ ।

अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमको लागि ५० लाख विनियोजन गरिएको उपाध्यक्ष पौडेलले बताइन् । कृषि पशु औजार उपकरण तथा कृषि सामग्रीमा अनुदानकालागि ६६ लाख विनियोजन गरिएको बताइएको छ । स्वास्थ्य पूर्वाधार निर्माण सुधारका लागि ३६ लाख ५० हजार बजेट विनियोजन गरिएको जनाइएको छ ।

१ घर १ धारा खानेपानी योजना निर्माण, खानेपानी पूर्वाधार सुधारको लागि ४३ लाख ३० हजार बजेट विनियोजन गरेको पौडेलले बजेट भाषणमा बताइन् । रणनीतिक सडकको विस्तार, सडक मर्मतका लागि पालिकाले ३ करोड ६८ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

संघीय सरकारको नीति अनुसार गाउँपालिकामा कार्यरत कर्मचारीलाई १० दिन बराबरको तलबसहितको पर्यटन भ्रमण उपलब्ध गराउन बजेटको व्यवस्था मिलाइएको जनाइएको छ ।

पालिकाको प्रकोप व्यवस्थापन कोषमा ५० लाख बजेट विनियोजन गरिएको छ । मनसुनजन्य प्रकोप प्रभावितको निजी आवास निर्माणमा साझेदारी गर्न पालिकाले २० लाख बजेट विनियोजन गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाले ७० करोड २३ लाख ९७ हजार ६६५ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले १० औं गाउँसभामा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

पालिकाले संघीय समानीकरण अनुदानमा १० करोड ५७ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रदेश समानीकरण अनुदानमा पालिकालाई १ करोड १९ लाख ६० हजार रुपैयाँ प्राप्त भएको उपाध्यक्ष गुरुङले बताइन् ।

तपाईको प्रतिक्रिया