टुकुचेको पाटनबाट यार्सा खोजेर घर फर्किदा युवाको मृत्यु

समाधान संवाददाता २०७८ असार १२ गते १८:०७

एसके थकाली \ जोमसोम—

मानिसका लागि जीवन उपयोगी मानिने बहुमुल्य बन्य जडिबुटी यार्सा गुम्बा टिप्न मुस्ताङको टुकुचे माथिको पाटनमा गएका एक युवा ३ दिनपछि मृत फेला परेका छन् ।रोल्पा जिल्ला साविक उवा गाविस वडा नं. १ घर भई मुस्ताङको थासाङ गापा —१ टुकुचे गाउमा लामो समयदेखि ज्याला मजदुरीको काम गर्दैआईरहेका वर्ष २१ का नकस पुनमगरको पाटन पुगेर र्फिर्कने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिप्रका मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार बिहिबार यार्सा तथा बन्य जडिबुटी टिपेर सोही दिनमै फर्किने गरी टुकुचे स्थित पाटन लेंकमा पुगेका ति युवा थापाखोला हाईड्रो पावरको माथिल्लो ड्याम नजिक ८९ नं. को ढुङ्गा नजिकको बाटोमा मृत फेला परेका हुन् ।

Advertisement

बन्यजडिबुटी खोज्न लेंक पुगेका युवा ३ दिनसम्म घर नर्फिर्कएपछि उनका आफन्तले खोजतलास गरेका थिए । शनिबार यार्सा खोज्न गएका ति युवाको मृत शव थापाखोला डाईड्रो पावरको थापाखोला भेटिएको थियो । यार्सा टिपेर फर्किने क्रममा मृत्यु भएका युवाको शव शनिबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । पाटन पुगेर घर फर्किदै गरेका युवा जंगलबीचमा पर्ने थापा खोला तर्ने क्रममा चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

थापाखोला हाईड्रो पावरको माथिल्लो ड्याम नजिक युवाको शव फेला परेको सूचना प्राप्त भएपछि जोमसोमबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोली मृत शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि जोमसोम ल्याईएको छ । घटना बारे थपअनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप ) अन्तर्गत मुस्ताङका पाटन लेंकमा यतिबेला यार्सा गुम्बा टिप्ने सिजन हो । यो संगै मुस्ताङका पाटनमा बनलसुन ,जिम्बु,निउरो र टुसा आदी पाईने गर्छ ।मुस्ताङका लेंकमा बन्यजडिबुटी आदी खोज्न स्थानीय देखि जिल्लाबाहिरका मानिस पाटन लेंकमा पुग्ने गर्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया