गण्डकीमा थपिए ३५२ संक्रमित, ३ को मृत्यु
समाधान संवाददाता
२०७८ असार १२ गते १८:२५

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ३५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार १३९४ जनाको परीक्षण गर्दा ३५२ जनामा कोरोना देखिएको हो ।
कोरोना देखिनेमा सबैभन्दा बढी कास्कीका ११२ जना छन् । नवलपुरमा ६६, तनहुँमा ६२, लमजुङमा ४१, म्याग्दीमा ३३, बागलुङमा १७, स्याङ्जामा १४, गोरखामा ६ र पर्वतमा १ संक्रमित थपिएका छन् ।
गण्डकीमा २७४३ जना सक्रिय संक्रमित छन् । आजमात्रै ३ जनाले ज्यान गुमाएका छन् । नवलपुरका २ र बागलुङका १ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।
गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९२३ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया