गाइले नब्याउँदै दूध दियो

समाधान संवाददाता २०७८ असार १३ गते ७:२०
u08sL, !@ c;f/ . ufO{sf] afR5Ln] gJofpFb} b"w lbg yfn]kl5 b"w b'x'Fb} kf]v/f dxfgu/kflnsf j8f g+ @! k]mbLkf6gsf d'lSt kf}8]n . cfufdL sflQsdf Jofpg] ;f] ufO{n] 5 dlxgf cl3b]lv b}lgs rf/ ln6/ b"w lbg] u/]sf] 5 . t:jL/ M xl/ af:tf]nf, /f;;

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका २१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा ब्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेको छ । २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा ब्याउने भन्दै ढुक्क बनेका पौडेल जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आपैmं झरेको देख्दा अचम्मित भएका थिए ।

साढे २ वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई÷दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उनको घरमा गाई हेर्न छिमेकीहरू पुग्न थालेका छन् । उनले भने, ‘दूध भने कहिल्यै पनि फाटेन । अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोत्था घ्यू पनि राम्रो लाग्ने गरेको छ ।’

Advertisement

गाई नब्याउँदै दूध दिने विषय विरलै हुने गरेको बताउने पशु चिकित्सक डा मधु तिमिल्सिनाले बताए । हर्मनको कारणबाट यस्ता दुर्लभ घटना हुने उनको भनाइ छ ।उनी भन्छन्, ‘नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नब्याउँदै दूध दिन थालेको हो ।’

यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्न उनले सुझाव दिए । नब्याउँदै गाईले दूध दिन थालेपछि दंग परेका निर्मलपोखरी गाविसका पूर्व उपाध्यक्षसमेत रहेका पौडेल र उनकी श्रीमती सीतालाई यतिखेर गाई हेर्न आउने छिमेकीलाई गाईका बारे बताउन भ्याइनभ्याइ छ ।

Advertisement

गोठमा २ ब्याउने भैंसी भएर पनि गाई पाल्ने इच्छा जागेका कारण आफूले बाच्छीको खोजीमा रहेको बेला स्थानीय दलित समुदायका १ व्यक्तिमार्पmत २०७६ पुस १७ गते ल्याएर गोठमा बाँधिएको हो । वेवारिसे अवस्थाको गाईको बाच्छी ल्याइदिने उनलाई पौडेलले १ हजार रुपैयाँ पारिश्रमिकसमेत दिएका थिए ।

सुरुमा राम्रो आहारा एवं पानी समेत पर्याप्त नखाएको आवस्थामा फेला परेको बाच्छी गोठमा ल्याएपछि भने राम्रै स्याहारसुसार पाएको सीताले बताइन् । छिमेकमै जन्मेको सो बाच्छी माया नपाएपछि वेवारिसो बनेको प्रत्यक्ष देख्ने स्थानीय अहिले भने नब्याउँदै दूध दिन थालेपछि दंग परेका छन् ।

त्यसअघि सो बाच्छी करिब ४५ दिनसम्म पोखरा १७ स्थित विरुवा फाँटमा खुला आकाशमुनि बस्न बाध्य थियो । पशुहरू आफू हेलित भएपनि स्याहारसुसार पाएमा बहुगुणी हुन्छन् भन्ने तथ्यलाई यसले पुष्टि गरेको स्थानीय पण्डित कृष्णप्रसाद पौडेलले बताए ।

बाच्छाबाच्छी हुर्काउनभन्दा दूधलाई महत्व दिने हाम्रो समाजमा जीवन मरणको अन्तिम अवस्थामा पुगेको वेवारिसे बाच्छीले ब्याउनुभन्दा ६ महिना अघि दूध दिएर समाजलाई गम्भीर भएर सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

‘आप्mनो ६६ वर्षीय जीवनमा यस्तो पहिलो बेतै बाच्छीले नब्याउँदै दूध दिएको यसअघि नदेखेको र सुनेको पनि थिइनँ आज त दूध नै खाने अवसर मिल्यो’, उनले थपे, ‘गाईको दूधमा अरुको भन्दा नमीठो भने छैन, पशुले हामीले गर्ने व्यवहारकै आधारमा सेवा दिने गर्दछन् ।’

तपाईको प्रतिक्रिया