५० युनिट रगत संकलन

पोखरा, १२ असार (समाधान)– पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा ९ र पाल्पाली समाज पोखराले शनिबार खुला रक्तदान कार्यक्रम गरेका छन् ।
सहकारीको तेस्रो वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए । पोखरा महानगरपालिका वडा नम्बर ९का अध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता कुलप्रसाद घिमिरेलाई व्लड ब्याग प्रदान गरी रक्तदान सुरुआत गरे ।
उनले समाजिक संघ, संस्था, सहकारीको सहकार्यमा विकास निर्माणको काम गर्ने बताए । उनले कोभिड १९ का कारण लगाइएको निषेधाज्ञाका कारणमा मारमा परेकालाई ३८ लाख बराबरको राहत वितरण गर्दा समाज तथा सहकारीले सहयोग गरेको उल्लेख गरे ।
‘कोभिड १९को प्रकोप बढिरहेको अवस्थामा पोखरामा रगत अभाव छ,’उनले भने, ‘अहिलेको अवस्थामा रक्तदान कार्यक्रम महत्वपूर्ण र सान्दर्भिक छ ।’ उनले कोभिड १९ को प्रकोपको कारण रक्तदान बाहेकका सार्वजनिक कार्यक्रम नभएको बताए ।
पाल्पाली समाज पोखराका अध्यक्ष रेशमराज थापाले समाजले पाल्पा तथा पोखराको पर्यटन प्रवद्र्धनका लागि काम गरेको बताए । सहकारीका अध्यक्ष श्रेष्ठले आर्थिक कारोबारका अलवा सहकारीले संस्थागत सामाजिक उत्तरदायित्वको काम गरेको बताए ।
कार्यक्रममा कार्यक्रम संयोजक बालचन्द्र परियार र सहकारीका कार्यसमितिका सदस्य युमाया पुनले रक्तदानको महत्वबारे बोलेका थिए ।









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया