हिमाली कनेक्टिभिटी सडकलाई ३५ करोड

समाधान संवाददाता २०७८ असार १३ गते १६:००

सुन्दर थकाली \ जोमसोम

गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङ,मनाङ र कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा ,जुम्ला जोड्ने सडक स्तरोन्नतिका लागि नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७८—०७९ का लागि ३५ करोड बजेट बिनियोजन गरेको छ ।

दुर्गम जिल्लाको रुपमा परिचित मुस्ताङ,मनाङ,डोल्पा र जुम्ला गरी ४ जिल्लालाई सडक संञ्चालसंग जोड्ने दीर्घकालिन लक्ष्य अनुसार बजेट बिनियोजन भएको जनाईएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक संञ्जाल मार्फत हिमाली कनेक्टिभिटी जोड्ने सडक रणनीति अनुसार मुस्ताङ—डोल्पा सडकलाई १५ करोड र डोल्पा—जुम्ला जोड्ने सडकलाई २० करोड बजेट बिनियोजन भएको पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

Advertisement

सरकारले हिमाली कनेक्टिभिटी सडकका लागि थप बजेट बिनियोजन गरिसकेकाले बाँकी सडक स्तरोन्नतिकार्यले छिट्टै तिब्रता पाउने पूर्व सांसद तुलाचनको भनाई छ । पूर्व सांसद तुलाचनले थपे “ बजेट छुट्याईसकिएको छ। अव ठेक्का सम्झौता भई बाँकी अधुरो काम अघि बढ्ने छ ।’ पूर्व सांसद तुलाचनले कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक कनेक्टिभिटीमा जोडिए दुई प्रदेशको आन्तरिक व्यापार तथा पर्यटन र स्थानीयबासीलाई फाईदा पुग्ने बताए ।
गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक आर्थिक वर्ष २०७५—०७६ देखि सडक स्तरोन्नति सुरु गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७५—०७६ सालमा ४ करोड र आर्थिक वर्ष २०७६—०७७ सालमा ११ करोड बजेट बिनियोजन गरी सडक स्तरोन्नतिलाई निरन्तरता दिएको थियो ।

हिमाली कनेक्टिभिटी अन्तर्गत मुस्ताङ र डोल्पाको सीमाना याकखर्कसम्म सडक पहुँच जोड्न आर्थिक वर्ष २०७६—०७७ सालमा ५ प्याकेजमा सडक स्तरोन्नतिकार्य भएको थियो भने उता डोल्पा—जुम्ला र डोल्पा सडक पनि स्तरोन्नतिकार्य भएको थियो ।
पूर्व सांसद तुलाचनका अनुसार हिमाली कनेक्टिभिटी अन्तर्गत ४ जिल्ला जोड्ने सरकारको रणनीति भएपनि भौगोलिक विकटता र तत्काल बाटोको ट्याक खोल्ने अवस्था नरहेकाले मुस्ताङ—मनाङ जोड्ने सडक प्राथमिकतामा नपरेको बताए । सरकारले २०७५ सालदेखि सुरु गरेको मुस्ताङ—डोल्पा सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७७—०७८ सालमा कुनै बजेट बिनियोजन हुननसक्दा सडक बिस्तारको काम रोकिएको थियो ।

Advertisement

हिमाली जिल्लाका पूर्व सांसदहरुको संयुक्त पहलमा ४ जिल्ला जोड्ने सडकका लागि हालै सरकारले बजेट बिनियोजन गरेको पूर्व सांसद तुलाचनले उल्लेख गरे । मुस्ताङ—डोल्पाको सीमाना साङ्ता हँुदै याकखर्कसम्म सडक संञ्जाल जोड्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको एक्लेभट्टी देखि सडक बिस्तारको काम थालिएको थियो ।

मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङको जिम्मामा ५ प्याकेजमा विभाजन ४ वटा निर्माण कम्पनीले मुस्ताङको साङ्ता गाउँ नजिकसम्म ४३ किमी सडक स्तरोन्नति संम्पन्न भई कार्यालयलाई हस्तान्तरण भईसकेको छ ।
निकै भौगोलिक रुपले विकट रहेको मुस्ताङ—डोल्पा जोड्ने सडक ४५ सय मिटरको अग्लो उचाईबाट सडक स्तरोन्नतिकार्य भएको थियो । मुस्ताङ र डोल्पा सडक जोडिएमा उत्तरी डोल्पाको हिमाली क्षेत्रका बासिन्दालाई खाद्यान्न तथा मालसामान ढुवानीका लागि मुस्ताङ आउजाउमा सजिलो हुने भएको छ ।
उत्तरी डोल्पाका स्थानीय मुस्ताङको जोमसोम आई खाद्यान्न र मालसामान ढुवानी गर्न आउँदा हप्तौदिन लाग्ने गर्छ ।सडक संञ्जालले जोडिएमा एकैदिन मुस्ताङ आउजाउ गर्न सकिने छ ।उत्तरी डोल्पाका स्थानीयले अहिले घोडा÷खच्चड र याकचौरीलाई भारी बोकाएर खाद्यान्न तथा मालसामान डोल्पा पु¥याउने गर्छन् ।

तपाईको प्रतिक्रिया