मनाङे सुत्रः माओवादी राति र म दिउँसोकाे भौतिक मन्त्री बन्ने, ८ अर्बकाे उनीहरुले र ८ अर्बकाे मैले काम गर्ने

दीपक मनाङे, मन्त्री
शुक्रबार मन्त्रालय निर्धारण भएको भनेर खबर आयो । म त एग्रिमेन्ट भएको मन्त्रालय नपाएसम्म जान्नँ भनेर पहिले नै भनेको हुँ । खेलकुद मन्त्रालय पो लिने भनेर खबर गरे । खेलकुदमा त सिस्टम बसाइसकेको छु । अब त्यहाँ अरु जो गएर पनि काम गर्न सक्छ । म भौतिकमा काम गर्ने इच्छा हो । सहमति पूरा नभएसम्म जिम्मेवारी लिन्नँ भनेर भनिसकेको छु ।
जसपासँग पनि कांग्रेसले सहमति गरेको रहेछ । अब सहमति पूरा नभई जसपा जान्छ जान्न उसकै कुरा हो । म त मसँगको सहमति पूरा नभएसम्म जान्नँ । माओवादीले पनि भौतिक डिमान्ड गरिरहेको छ । तर माओवादीसँग मेरो कुरा मिलिसकेको छ । १६ अर्बको बजेट माओवादी र म भएर चलाउने हो । बरु माओवादीले राती चलाउने, म दिउँसो चलाउने । १२÷१२ घन्टा चलाउने के । माओवादीले बेलुका ५ देखि बिहान ५ सम्म चलाउँछ । म बिहान ५ देखि बेलुका ५ सम्म चलाउँछु ।
जोक गरेको होइन । माओवादीले दिउँसोमा काम गरेर काम छैन भौतिकमा । माओवादीसँग कुरा मिलिसकेको हो । बीचमा अहिले कांग्रेसपनि मिसिन चाहेको छ । कांग्रेसलाई पनि स्थान दिन सकिन्छ । ३ पार्टीले ८÷८ घन्टा गरेर २४ घन्टा चलाउने । मलाई बिहानै ५ बजे उठ्न गाह्रो पनि हुन्छ । म दिउँसो १२ देखि ५ बजेसम्म चलाउँछु । कांग्रेसले बिहान चलाओस् ।
पहिला पृथ्वीसुब्बा दाइको सरकार पनि यसमै कुरा नमिलेर ढलेको हो । रामशरण बस्नेतलाई राति काम गर्नु भनेको मान्नुभएन । राति काम गर्न सक्दिनँ भनेपछि सरकारलाई साथ छाडिदिएँ । मिलेर गर्ने हो नि सबै मिलेर जनताको काम ।
पृथ्वीसुब्बा दाइलाई हामी रातिको मुख्यमन्त्री बनाइदिन पनि सक्छौं । काम नगर्नेलाई रातिको जिम्मेवारी दिने हो । अहिलेको प्रवक्ताले जेन्युन काम गरिरहनुभएको छ । तर मन्त्रालय भागभन्डामा समस्या आयो भने ५ जनाले मात्रै पनि चलाइदिन सक्छौं । (समाधानकर्मी अनिष भट्टराईसँगको कुराकानी)









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया