वक्तृत्वमा तनहुँका दिग्विजय प्रथम

समाधान संवाददाता २०७८ असार १४ गते ८:१२

समाधान संवाददाता, पोखरा

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ । बिहीबारदेखि शनिाबरसम्म भएको प्रतियोगितामा तनहुँ महेश संस्कृति गुरुकुलम विद्यालयका कक्षा १० का छात्र दिग्विजय लामिछाने २ सय २४ प्रतिष्पर्धीलाई उछिन्दै प्रथम बने ।

उनले जितसँगै नगद १५ हजारका साथम मेडल र प्रमाणपत्र पाए । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोग, प्रदेश खेलकुद परिषद गण्डकी र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त आयोजना, नेपाल ओलम्पिक कमिटीको तत्वाधान, स्पोर्टस फर अल कमिसन गण्डकी र भूतपूर्व खेलाडी मञ्च नेपालको सहकार्यमा जुन २३ ‘ओलम्पिक डे’को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

Advertisement

हिमालय मावि पर्वतमा कक्षा १० की छात्रा दीपशिखा सुवेदीले दोस्रो हुँदै नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाइन् । जनक मावि कक्षा ९ मा अध्ययनरत छात्र सुदर्शन ढकाल तेस्रो हुँदै नगद ७ हजार, श्री रत्नज्योति मावि कास्की कक्षा १० मा समीक्षा अधिकारी चौथो हुँदै नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल बने ।

प्रतियोगितामा गण्डकी बोर्डिङकी छात्र आस्तिका बास्तोला, एसओएस हर्मन माइनरकी छात्रा समीक्षा अधिकारी, श्री सत्यवती मावि तनहुँका गौरव सापकोटा, नलवपुर आवासीय माध्यमिक विद्यालयकी छात्रा गृष्मा पाठक, फिस्टेल एकेडेमी कास्कीकी प्राप्ति लम्साल र भीमसेन आदर्श मावि नलवलपुरका छात्र विक्रम गिरी सान्त्वना हुँदै जनही नगद २ हजारका साथमा मेडल तथा प्राप्त गरे ।

Advertisement

भर्चुअल माध्यमबाट भएको प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद पदक जित्नका लागि मात्रै राष्ट्रिय गौरव बढाउनका लागि समेत खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए ।स्पोर्टस फर अल कमिसनका चेयर पर्सन विष्णुगोपाल श्रेष्ठले असल नागरिकको उत्पादन र समाजमा शान्तिको सन्देश प्रवाह गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए ।

प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव तेजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भूतपूर्व खेलाडी मञ्च नेपाल अध्यक्ष हरिप्रसाद पराजुली, कार्यक्रमका संयोजक केशव पाठकले पनि बोलेका थिए । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदका सदस्य रिमबहादुर रानाभाट, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना र प्राध्यापक राजेश घिमिरे निर्णायक थिए ।

तपाईको प्रतिक्रिया