कास्कीमा सार्वजनिक गाडी चल्ने
दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाका कारण बन्द भएको भएको सार्वजनिक सवारी कास्कीमा मंगलबार रातिबाट खुल्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना निकालेर निषेधाज्ञाको मोडेल परिमार्जन गरेको हो ।
प्रशासनले निजी सवारी, ट्याक्सी र सार्वजनिक सवारीसमेत जोरबिजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको छ । कास्कीका सिडिओ थानेश्वर गौतमले जारी गरेको आदेशमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सुरक्षा मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ । लामो दूरीका सवारी सञ्चालनका लागि भने अनुमति दिइएको छैन ।
खुकुलो बनाएर जारी भएको निषेधाज्ञा २५ असार राति १२ बजेसम्म लागू रहनेछ । आदेशमा सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटी पार्लर, सैलनु, फुटपाथ पसल लगायत सेवा खोल्न नपाइने उल्लेख छ ।
यीबाहेकका उद्योग, व्यवसाय र पसल बिहान ५ देखि साँझ ६ बजेसम्म खोल्न अनुमति दिइएको छ । अनलाइनमार्फत् सामान डेलिभरी बेलुका ७ बजेसम्म गर्न भनिएको छ ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस जम्मा हुन, सभा, जुलुस गर्न, जात्रा, महोत्सव गर्न निषेध गरिएको छ । एम्बुलेन्स, बिरामी र कुरुवा बोक्ने साधन, दमकल, शववाहन, खाद्यसामग्री, पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका सवारीलाई चल्न दिइएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीका सवारी, औषधी र स्वास्थ्य सामग्री बोकेका सवारी र सरकारी कामकाजका लागि आवश्यक सवारी पहिलेझैं नै चल्ने छन् ।
धार्मिक स्थलहरुमा सुरक्षा मापदण्ड पालना गरी नित्य पूजामात्र गर्न आदेशमा भनिएको छ । विद्यालय, विश्वविद्यालय, तालिम केन्द्रहरुमा सबै प्रकारका परीक्षा र भौतिक उपस्थितिमा पठानपाठन नगर्न आदेशमा भनिएको छ । अनलाइनमार्फत् परीक्षा र कक्षा सञ्चालन गर्न भने पाइनेछ ।
आफैं संलग्न हुनैपर्ने बाहेकका मृत्यु संस्कारमा सहभागी नहुन आदेशमा भनिएको छ । विवाह, व्रतबन्ध र अन्य सांस्कारिक कार्य होटल, पार्टी प्यालेसमा नगर्न भनिएको छ । पूर्वनिर्धारित वैवाहिक कार्यक्रम बढीमा २० जनाको उपस्थितिमा आफ्नै घरमै गर्नुपर्ने भएको छ ।
पहिले झैं औषधी र स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घन्टा खुला रहनेछन् । उद्योग तथा सार्वजनिक निर्माणमा संलग्न कर्मचारी र कामदारलाई उद्योग परिसर र निर्माण कार्यस्थल नजिकै खाना र बासको व्यवस्था गर्नुपर्ने छ । निर्माण सामग्री बोकेका सवारीलाई बेलुका ७ बजेबाट बिहान ८ बजेसम्म समय तोकिएको छ । बैंक तथा वित्तिय संस्थाहरुलाई सिमित कर्मचारीमात्र राखेर सेवा दिन भनिएको छ ।
आदेश पालना नगर्नलाई स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२०, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ एवं प्रचलित ऐन बमोजिम कारवाही हुने आदेशमा उल्लेख छ ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया