प्रदेश प्रमुखकाे स्वकीय सचिवमा अर्जुन अधिकारी

समाधान संवाददाता २०७८ असार १५ गते १३:०९

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पाैडेललकाे स्वकीय सचिवमा विद्यार्थी नेता अर्जुन अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पाैडेलले पाेखरा–१९ लामाचाैरका अधिकारीलाई स्वकीय सचिवमा नियुक्त गरेकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।

Advertisement

नेकपा एमालेकाे भातृ संगठन अनेरास्ववियुकाे सचिवालय सदस्य अधिकारी यसअघि रवीन्द्र अधिकारी पर्यटन मन्त्री हुँदा उनकाे सचिवालयमा बसेर काम गरेका थिए । पर्यटन मन्त्री अधिकारीले पब्लिक रिलेशन राम्राे भएका अधिकारीलाई आफ्नाे सचिवालयमा राखेर साेही अनुसारकाे जिम्मा दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया