वारागुङ मुक्तिक्षेत्रमा कोभिडबाट ज्यान गुमाएका परिवारलाई राहत स्वरुप एक लाख

समाधान संवाददाता २०७८ असार १५ गते १८:४०

एसके थकाली \ जोमसोम—

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र कोरोना भाईरस संक्रमण रोगका कारण मृत्यु हँुने परिवारलाई आर्थिक राहत स्वरुप एक लाख सहयोग गर्ने जनाएको छ । बिहिबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १२ औं गाउँसभामा उपाध्यक्ष ढिकी गुरुङले कोरोनाबाट मृत्यु हँुने र मृत्यु भईसकेका परिवारलाई पालिकाकै विपद् व्यवस्थापन कोषबाट खर्च गर्नेगरी कोरोना पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेकी हुन् ।

गाउँपालिकाका भित्र कोरोनाबाट मृत्यु हुने परिवारलाई आर्थिक राहत दिलाउँने उद्देश्यले प्रारम्भिक चरणमा पालिकाले १० लाख बजेट बिनियोजन गरेको र सो बजेट अपुग भएमा थप बजेट बिनियोजन गर्न सकिने उपाध्यक्ष ढिकी गुरुङले बजेटमा उल्लेख गरेकी हुन् ।

Advertisement

कोरोना भाईरसको दोश्रो भेरियन्टसंगै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यसअघि कोरोनाबाट ७ जना व्यक्तिले ज्यान गुमाईसकेको र उनीहरुको परिवारलाई समेत आर्थिक आर्थिक राहत दिने बताईन्। उपाध्यक्ष गुरुङले पालिकाले दिने सहयोग कम भएपनि पीडित परिवारलाई थोरै भएपनि राहत पुग्ने उल्लेख गरिन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्रले आगामी आर्थिक वर्षका लागि २९ करोड ९१ लाख रुपैयाको

बजेट प्रस्तुत गरेको थियो ।पालिकाले संघ तथा प्रदेश सरकारबाट विभिन्न शिर्षकबाट आउने अनुदान बजेट र पालिकाको आन्तरिक श्रोतको बजेट जोडेर चालुतर्फ १६ करोड ४४ लाख २५ हजार र पुँजिगत विकास खर्चतर्फ १३ करोड ४७ लाखको बजेट सार्वजनिक गरेको थियो ।
वारागुङ मुक्तिक्षेत्रले मुक्तिनाथ भ्याली गुफाहरुलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पूर्व तयारीका लागि भन्दै १० लाख , रानीपौवा बजारदेखि प्रसिद्ध मुक्तिनाथसम्म जानका लागि र अपांगता तथा ज्येष्ट नागरिक तिर्थालुको आउजाउमा सहज तुल्याउन एक्सेलेट निर्माणमा २० लाख , मुक्तिनाथ हाईअल्टिच्युड सेन्टर व्यवस्थापनमा १० लाख र एम्बुलेन्स खरिद कार्यक्रमका लागि २० लाख बजेट बिनियोजन गरेको उपाध्यक्ष ढिकी गुरुङले बजेटमा उल्लेख गरेकी छिन् ।

Advertisement

कोरोनाको दोश्रो भेरियन्टसगै “हट स्पट’ बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका शुक्रबार देखि कोरोना मुक्त भएको छ । कोरोनाको दोश्रो लहर यता पालिका भित्र कुल १ सय ५१ जना संक्रमित रहेकोमा १ सय ३९ जना संक्रमण मुक्त भएको र ७ जनाले ज्यान गुमाएको स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए ।

उनका अनुसार वारागुङमा कोरोनाका गम्भिर बिरामी ५ जनालाई थप उपचारका लागि पोखरा लगिएको थियो ।
मुस्ताङमा हालसम्म ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४ सय ९ जना व्यक्ति संक्रमण मुक्त भएका छन् । मुस्ताङको घरपझोङमा ४ जना ,थासाङमा ३ जना ,वारागुङ मुक्तिक्षेत्रमा ७ जना र लोमान्थाङ गाउँपालिकामा १ जनाको कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङमा संक्रिय कोरोना संक्रमितको संख्या १९ जना रहेको छ ।

तपाईको प्रतिक्रिया