थासाङको टुकुचेमा शैक्षिक एकेडेमिक भवन शिलन्याश

सुन्दरकुमार थकाली \ जोमसोम
नमूना विद्यालयको रुपमा सूचिकृत मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचेमा योगेन्द्र माविको शैक्षिक एकेडेमिक भवन निर्माण हुने भएको छ । भवन निर्माणको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बुधबार शिलन्यास गरेका छन् ।
संघीय सरकार अन्तर्गत शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयको बहुवर्षिय गुरुयोजना अन्तर्गत योगेन्द्र माविको एकेडेमिक भवन निर्माण हुन लागेको थासाङ गापाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खत्रीले जानकारी दिए । नमूना विद्यालयको रुपमा सूचिकृत योगेन्द्र माविको एकेडेमिक भवन निर्माणका लागि चालु आवमा संघीय सरकारको १ करोड ५० लाख सशर्त बजेट प्राप्त भईसकेको छ ।यस्तै ,आर्थिक वर्ष २०७८—०७९ का लागि विद्यालयको शैक्षिक छात्राबास भवन निर्माणमा संघीय सरकारबाट सशर्त बजेट १ करोड बजेट बिनियोजन भएको प्रशासकीय अधिकृत खत्रीले उल्लेख गरे ।
योगेन्द्र माविको भौतिक पूर्वाधार तथा शैक्षिक सुधार कार्यक्रम अन्तर्गत संघीय सरकारले बहुवर्षिय गुरुयोजना अन्तर्गत उक्त पूर्वाधार निर्माणका लागि बर्सेनि बजेट उपलब्ध गराउदै जानेछ । नमूना विद्यालयको पूर्वाधार निर्माण अन्तर्गत निकै महत्वकाँक्षी परियोजनाको रुपमा संघीय सरकारले क्रमागत रुपमा १५ करोडको विभिन्न पूर्वाधार निर्माण गर्दै जानेछ ।
जसअन्तर्गत नमूना विद्यालयका लागि आवश्यक भौतिक तथा शैक्षिक सुधार कार्यक्रमका लागि एकेडेमिक भवन ,छात्राबास भवन ,खेल र्मदान ,ई लाइबेरी संरचना निर्माण लगायत काम हुनेछन् भने शैक्षिक सुधार अन्तर्गत विद्यालयमा ल्याब स्तरोन्नति,शैक्षिक गुणस्तर सुधार तथा व्यवस्थापन ,कम्यूटर ल्याब स्तरोन्नति ,शिक्षक तालिम लगायतका शेक्षिक पूर्वाधारका कार्यक्रम संञ्चालन हुनेछ ।
टुकुचेस्थित योगेन्द्र माविको एकेडेमिक भवनको लागत १ करोड ५० लाख रहेपनि बोलपत्र मार्फत ठेक्का हुदा १ करोड ७ लाखमा सम्झौता भएको पालिकाले जनाएको छ ।यस्तै ,स्थानीय तहमा आएको पूर्वाधार निर्माणको बजेट कार्यप्रगतीका आधारमा भुक्तानीका लागि विद्यालयको खातामा जम्मा हुनेछ ।
योगेन्द्र माविको २ तले एकेडेमिक भवन निर्माणको जिम्मा शसी निर्माण सेवाले लिएको छ । भवन शिलन्यासपछि अध्यक्ष बुद्धिप्रसाद शेरचनले नमूना विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारका लागि राज्यले लगानी गरेको र यहाको शैक्षिक विकासका लागि संम्पूर्ण सरोकारवाला निकायको सहयोग आवश्यक भएको बताए ।
उनले हिमाली जिल्लाको शैक्षिक विकासले मात्र यहाका स्थानीयको भविष्य उज्जल हुने भएकाले जनशक्ति निर्माण र शिक्षाको अवसरबाट टाढा जान नपर्ने अध्यक्ष शेरचनले उल्लेख गरे ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया