टाेस्ट मास्टर्स गण्डकीकाे अध्यक्षमा वैभव

समाधान संवाददाता २०७८ असार १६ गते १९:००

समाधान संवाददाता, पाेखरा ।

झण्डै एक शतक पुरानाे अन्तराष्ट्रिय सस्था टोस्ट मास्टर्स क्लबको गण्डकी प्रदेश अध्यक्षमा पाेखराका युवा व्यवसायी वैभव पौडेल निर्विराेध निर्वाचित भएका छन् ।

अमेरिकामा प्रधान कार्यालय रहेकाे ९५ वर्ष अघि स्थापित याे सस्थाले आफ्ना सदस्यहरुको क्षमता तथा नेतृत्व विकास लागि काम गर्दै आएकाे छ । विश्वका १४५ देशमा फैलिएकाे टाेस्ट मास्टर्स क्लबमा ३ लाख भन्दा बढी सदस्य छन् ।

Advertisement

मंगलबार जूम मार्फत सम्पन्न तेस्रो अधिवेशनले वर्ष २०२१-२२ का लागि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । पाेखरा लेकसाइका पर्यटन व्यवसायी पाैडेल युवा उद्यमी मञ्च पाेखराका निवर्तमान अध्यक्ष हुन् ।

अधिवेशनबाट भाइस प्रेसिडेन्ट पब्लिक रिलेसन्समा बसन्त गौतम, भाइस प्रेसिडेन्ट एजुकेसनमा मिलन के.सी र भाइस प्रेसिडेन्ट मेम्बरसिपमा सुजल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । क्लबको निवर्तमान अध्यक्षमा सुयश मल्ल हुन् ।

Advertisement

त्यसैगरी सचिवमा श्रीबिध्या रघुनाथन कायस्थ, कोषाध्यक्षमा बिबेक श्रेष्ठ र सर्जेन्ट एट आम्समा सम्झना पराजुली चयन भएका छन्।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष प्रकाश देव पलिखेले गण्डकी टोस्ट मास्टर्स क्लबको स्थापनाका दिनहरु सम्झदै टिमवोर्क र अथक मेहनतले क्लब यो स्थानसम्म आइपुगेको बताए ।

त्यसैगरी, क्लबको निबर्तमान अध्यक्षमा सुयश मल्लले बर्षभरी सम्पन्न कार्यक्रम बारे प्रकाश पार्दै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष बैभव पौडेलले सबैको साथले आगामी कार्यकालमा क्लबलाई नयाँ उचाइमा लैजाने प्रतिबद्दता ब्यक्त गरे । कार्यक्रममा बर्षभरी विविध विधामा उत्कृष्टता हासिल गर्ने ब्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया