थासाङको कृषि तथा पशुपंक्षि विकासमा १ करोड २० लाख

सुन्दरकुमार थकाली \ जोमसोम
कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले हिमाली जिल्ला मुस्ताङको थासाङलाई १ करोड २० लाख बजेट उपलब्ध गराउने भएको छ । मुस्ताङको ओमविकास तथा देउकुमारी फाउन्डेसनको पहलमा मन्त्रालयले उक्त बजेट बिनियोजन गरेको हो ।
मुस्ताङको रैथानी बाली संरक्षण तथा विकास र पशुपंक्षि विकासका लागि बिभिन्न शिर्षकमा बजेट बिनियोजन गरेको प्रतिष्ठानकी अध्यक्ष सवि शेरचनले जानकारी दिईन । “हामीले पूर्व कृषि मन्त्री पद्मा अर्याललाई निमन्त्रणा गरी मुस्ताङ ल्याऔं , यहाँको रैथानीबाली तथा पशुपंक्षि विकासको समग्र बस्तुगत अवस्थाको उहाँले अध्ययन गर्नुभयो ,प्रतिस्ठानकी अध्यक्ष शेरचनले भनीन,“ मन्त्रीको भ्रमणपछि यो बजेट थासाङलाई आउन संम्भव भयो ,अब साना कृषिमा आश्रित किसानलाई समेट्छौं ।’
अध्यक्ष शेरचनका अनुसार पूर्व मन्त्री अर्यालले केही महिना अघि मुस्ताङका विभिन्न स्थानको कृषि तथा पशुपंक्षि विकास सम्भावनाको अध्ययन अवलोकन गरेकी थिईन् । कृषि र पर्यटनमा आश्रित मुस्ताङी जनताको जिवन स्तर उकास्दै कृषिमा आत्मनिर्भर बनाई खेर गएका बाँझो जग्गालाई उपयोगमा ल्याएर साना किसानको आयआर्जन बढाउन प्रतिस्ठानले पहल गरेको उनले बताईन् ।
मन्त्रालयले मुस्ताङको कृषि तथा पशुपंक्षि विकासका लागि विभिन्न ६ वडा कार्यक्रम निर्धारण गरेको छ । प्रतिस्ठानकी अध्यक्ष शेरचनका अनुसार कृषि तथा साना व्यवसायी कार्यक्रम,आलु बाली उत्पादन पकेट कार्यक्रम , साना व्यवसायी बाख्रा पालन तथा गाई—भैसी पकेट कार्यक्रम, ओखर खेती बिस्तार कार्यक्रम,रैथानी बाली संरक्षण तथा प्रर्वद्धन कार्यक्रम र मत्स्य मिसन कार्यक्रम लगायत छन् ।
तपाईको प्रतिक्रिया