छाब्दी खोलाले दोभानको पुल बगायो

समाधान संवाददाता २०७८ असार १७ गते ९:२८

दमौली । तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ । गएरातीदेखि आएको बाढीले ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने दोभानको पक्की पुल बगाएको हो ।

पुल बगाएपछि आवतजावत बन्द भएको छ । छाब्दी खोलाले पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई समस्या भएको छ ।पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया