शुक्लागण्डकीको फिर्दीबाट पहिरोले पुरिएका दुईको जीवितै उद्धार

समाधान संवाददाता २०७८ असार १७ गते १०:३७

कृष्ण न्यौपाने, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट पहिरोले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

Advertisement

वर्षासँगै आएको पहिरोले पुरिएका दुई जनाको आज जीवितै उद्धार गरिएको हो । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ ।

वडाध्यक्ष रेग्मीका अनुसार सोही वडाको डहरेवस्ती पूर्ण रुपमा जोखिममा परेको छ । “बाङ्गेखोलामा आएको बाढीले ४० घर जोखिममा छ, सुरक्षित रहन सबैलाई सूचित गरिसकिएको छ,” उहाँले भन्नुभयो, “उच्च जोखिममा रहेका घरहरुले सामान सारिसकेका छन् ।”

वर्षाका कारण बाङ्गे खोला बढ्दा करिब एक हजार दुई सय रोपनीमा लगाइएको धानखेत पूर्ण रुपमा क्षति भएको छ । फाइल तस्बिर ।

Advertisement

तपाईको प्रतिक्रिया