आचार्यद्वारा पदभार ग्रहण

समाधान संवाददाता २०७८ असार १९ गते ९:०६

पोखरा, १८ असार (समाधान)

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ को लायन वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले पदभार ग्रहण गरेका छन् । लायन्स डिस्ट्रिक्ट सचिवालय काठमाडौंमा बिहीबार आयोजित समारोहमा आचार्यले पदभार ग्रहण गरेका हुन् ।

लायन वर्ष २०२०–२१ का गभर्नर मानबहादुर रोक्काले वर्ष २०२१–२२ आचार्यलाई पदीय दायित्व हस्तान्तरण गरेका हुन् ।

Advertisement

कार्यक्रममा २०२१–२२ का लागि निर्वाचित प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर महेन्द्र पौडेल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर मणिश्री रत्नबज्राचार्य, क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाई र क्याबिनेट ट्रेजरर पृथ्वीराज शर्मा तिमिल्सिनाले आ–आफ्नो पदीय दायित्व ग्रहण गरेका थिए । हरेक वर्ष जुलाई १ तारिखबाट लायन्स क्लवको नयाँ कार्यकाल सुरु हुने परम्परा छ ।

Advertisement

तपाईको प्रतिक्रिया