मनाङका सरकारी कार्यालयमा आजबाट सोलार जडान सुरु

पोखरा । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा सोलार जडान आजबाट सुरु भएको छ ।
४२ किलोवाटको लघु जलविद्युत आयोजना बाढीले बगाएपछि जेठ ३० गतेबाट चामेका सरकारी कार्यालयमा विद्युत सुविधा विच्छेद भएको थियो । जसका कारण सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रनालीमा आधारित सरकारी सेवा प्रवाह अवरुद्द भएपछि प्रदेश सरकारले सोलार उपलब्ध गराएको हो ।
गण्डकी प्रदेश सरकारका तर्फबाट १६ वटा कार्यालयका लागि ४ खेप सौर्य ऊर्जा प्रणालीका शनिबार चामे पु¥याइएको हो । पोखराबाट वेसिसहर लगिएको भए पनि मौसम खराब भएका कारण सामान चामे पु¥याउन सकिएको थिएन ।
शनिबार मौसम खुलेसँगै ती सामग्री मनाङ पु¥याइएको र आज आइतबारबाट जडान सुरु भएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिइ हरिदत्त पौडेलले जानकारी दिए ।
करिब १९ लाख रुपैयाँको सामान ढुवानीका लागि ४ लाख ३१ हजाररुपैयाँ खर्च भएको छ । सबै खर्च गण्डकी सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो । प्रत्येक कार्यालयका लागि १ सय ५० वाटका २ वटा सोलार प्यानल, २ वटा ब्याट्री र इन्भर्टर उपलब्ध गराइएको छ ।
बाढी पहिरोका कारण स्थानीयस्तरका लघुजलविद्युत योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरुमा बिजुली बलेको छैन ।
असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको थियो ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया