अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

समाधान संवाददाता २०७८ असार २० गते ८:४९

समाधान संवाददाता । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा इक्वेडरलाई ३–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिनाका लागि रोड्रिगो डि पाउल, लाउटारो मार्टिनेज र लियोनेल मेस्सीले १÷१ गोल गरे ।

अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि कोलम्बियाको सामना गर्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया