आज ३ अधिवक्ताले जवाफी बहस गर्ने

समाधान संवाददाता २०७८ असार २१ गते ६:५३

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइअन्तर्गत आज रिट निवेदक पक्षका ३ जना वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्नेछन्।

सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्नेछन्। रिट निवेदकको जवाफी बहसका लागि तोकिएको ३ घण्टाको समयमध्ये अब २ घण्टा बाँकी छ ।

आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएका छन्। सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संविधानअनुसार विश्वासको मत लिनुपर्ने अनिवार्य शर्त भएपनि त्यसको पालना नगरेको र राष्ट्रपतिले संविधानको संरक्षण गर्न चुकेको तर्क राखेका थिए ।

Advertisement

सभामुखका कानुन व्यवसायीको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस शुरु गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया