जनप्रतिनिधिलाई समन्वयको तालिम

समाधान संवाददाता, पोखरा
जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहका कार्यपालिकाका सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी र कर्मचारीको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण तालिम दिएको छ ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत भएको तालिममा जिल्ला समन्वय समितिका अलवा पोखरा महानगरपालिका, कास्कीको रुपा गाउँपालिका, तनहँुको शुक्ला गण्डकी नगरपालिका र स्याङ्जाको फेदीखोला गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता थियो ।
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्राडा भरतराज पहारीले गुणस्तरीय स्थानीय पूर्वाधार र अर्थपूर्ण अनुगमन, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विकास र सुशासन, सुशासन विज्ञ वीरेन्द्र पराजुलीले कार्यपालिकाका सदस्यको काम कर्तव्य र अधिकार, समाजशास्त्रका प्राध्यापक अञ्चला चौधरीले समाजशास्त्रीय दृष्टिकोणमा विकासको अवधारणाका बारेमा प्रशिक्षण दिएको जिल्ला समन्वय समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री कुमार खड्काले सरकारले कोभिड १९ विरुद्धको खोपलाई प्रभावकारी बनाउने बताए । उनले नेपाल सरकारसंगको समन्वयमा खोप खरिद गरेर खोप अभियान थाल्ने जनाए ।
जनताको सेवा र विकास निर्माण तथा सामाजिक अभियानमा खट्ने जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले समन्वय समितिले नेपाल सरकार प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।
जिल्ला समन्वय समिति कास्की प्रमुख क्षेत्रीले अभिमुखीकरणले विकास निर्माणका कामको अनुगमनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख सावित्रा भण्डारी र जिल्ला समन्वय अधिकारी नवराज बरालले समन्वय समितिले विकास निर्माणको अनुगमन गरेर दिगो र गुणस्तरीय विकासका लागि योगदान पु¥याएको बताए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया