अपांगलाई सहायक सामग्री

पोखरा, २० असार (समाधान)
पोखरा महानगरपालिकाले आइतबार अपांगलाई सहायक सामग्री वितरण गरेको छ ।
महानगरको सामाजिक विकास महाशाखाअपांग परिचयपत्र वितरण समितिले शारीरिक अपांगलाई २५ थान ह्वीलचियर,दृष्टिविहीनलाई १ सय २३ थान सेतो छडी प्रदान गरेको परिचयपत्र वितरण समितिका सदस्य गंगाबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङले सहायक सामग्रीका अलवा २५ जनालाई अपांग परिचयपत्र वितरण गरिन् । उनले अपांगताको प्रकृति अनुसारका परिचयपत्र प्रदान गरी महानगरले सेवा, सुविधा प्रदान गरेको बताइन् ।
‘आर्थिक वर्ष २०७८÷०७९को नीति कार्यक्रम तथा बजेटले अपांगलाई आवश्यकताका आधारमा आवश्यक सहायक सामग्री वितरण गर्ने नीति लिएको छ,’उनले भनिन्, ‘वडा कार्यालयमार्फत तथ्यांक संकलन गरी मागका आधारमा कार्यक्रम गरिनेछ ।’ उनले अपांगमैत्री सवारी साधन खरिदका लागि आवश्यक बजेट प्रस्ताव गरेको जानकारी दिइन् ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख निर्मला शर्माले ४ वर्षदेखि नियमित रुपमा अपांग परिचयपत्र र सहायक सामाग्री नियमित रुपमा गरिँदै आएको बताइन् । उनले महानगरले अपांगताको प्रकृति अनुसार वर्गीकरण गरिएका करिब १ हजार १ सय परिचयपत्र वितरण गरेको जानकारी दिइन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया