लेखनाथ उद्योग बाणिज्य संघ २५ वर्षमा

समाधान संवाददाता, लेखनाथ
लेखनाथ उद्योग बाणिज्य संघले आइतबार २५ औं वार्षिकोत्सव तथा पुनर्मिलन कार्यक्रम गरेको छ । संघ २०५४ असार २० गते स्थापना भएको थियो ।
संघका संस्थापक सदस्य, पूर्व कार्यसमिति, बिभिन्न उपसमिति संयोजक, सहसंयोजक तथा वर्तमान कार्यसमितिबीच पुनर्मिलनसहित अनुभव आदनप्रदान गरिएको छ । कार्यक्रमका सहभागीले कोरना महामारीका कारण मर्कामा परेका व्यवसायीको हकहितका सवालमा संघले आवाज उठाउनुपर्ने सुझाव दिए ।
गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले कृषिप्रधान देशमा खाद्यवस्तु र खाद्यका कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको बताए । उनले कृषिमा लगानी बढाउन र उद्योग स्थापना गर्न व्यवसायीलाई आग्रह गरे ।
संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले विगतमा पूर्वजले गरेको योगदानको कदर गर्दै यो वर्षलाई रजत वर्षका रुपमा मनाउनुपर्ने बताए । संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघ स्थापना कालका घटना क्रमबारे प्रकाश पारे ।
संघका अध्यक्ष बलराम ढकालले व्यवसायीको हकहितका लागि संघ क्रियाशील रहेको बताए । कार्यक्रममा संघका महासचिव गोपिचन्द्र बास्तोला र वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले पनि बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया