राष्ट्रिय युवा संघको पहलमा मनाङका बाढी पिडितलाई जस्तापाता र टेन्ट

समाधान संवाददाता, पोखरा ।
नेकपा एमालेको भातृ संठन राष्ट्रिय युवा संघ नेपालको पहलमा घरबारविहिन भएका मानङबासीलाई जस्तापाता र टेन्ट हस्तान्तरण गरिएको छ ।
मनाङको सदरमुकाम चामे बजारका घर बगाएर अलपत्र परेका परिवारका लागि ३५ बण्डल जस्तापाता उपलब्ध गराइएको छ भने तालमा बाढी बगाएर स्वास्थ्य चौकीको भवन र सामुदायिक भवनमा बसेका १८ परिवारको लागि टेन्ट राहत दिइएको छ ।
युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले राहात सामाग्री जुटाएका हुन् । अध्यक्ष गुरुङका अनुसार कास्की जिल्ला कवाडी संघले ४ लाख ५० हजार रुपैयाको ३५ बण्डल जस्तापाता सहयोग गरेको थियो भने हिमाली मुटु नामक गैर सरकारी सस्थाले १८ थान टेन्ट उपलब्ध गराएको थियो । हिमाली मुटुले उपलब्ध गराएको टेन्ट एउटा परिवारलाई अति उपयोगी र प्रयाप्त हुने खालको रहेको सस्थाका अध्यक्ष डा.अवन गौतमले बताए ।
जनताको दुखमा युवाहरुको साथ रहन्छ भन्ने सन्देश दिन र पीडितलाई आश्वासन होइन राहात आवश्यक छ भन्ने दवाव दिन युवा संघले पहल गरेको अध्यक्ष गुरुङले बताए । उनले युवा संघको मनाङ कमिटी बाढी पहिरो आएको दिनदेखि नै राहात र उद्दारमा खटिएको समेत बताए ।
पोखरा कवाडी संघका अध्यक्ष केशवप्रसाद अधिकारीले सामाजिक उत्तरदायित्वको भावनाले युवा संघ मार्फत मनाङका पीडितलाई सहयोग गरेको बताए ।
राहात सामाग्री लिएर निवर्तमान गृहमन्त्री खगराज अधिकारी, युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, युवा संघका केन्द्रीय उपाध्यक्ष सन्तोष रावल र गण्डकी अध्यक्ष महेन्द्र गुरुङ, हिमाली मुटुका अध्यक्ष डा.अवन गौतम, कवाडी संघका अध्यक्ष केशवप्रसाद अधिकारी लगायतको टोली मनाङ पुगेको थियो ।
गण्डकी प्रदेश सभाका सदस्य समेत रहेका युवा संघका पूर्व अध्यक्ष राजीव पहारीले गण्डकी प्रदेश सरकारले मनाङलाई वेवास्ता गरेको आरोप लगाए । वाढी पहिरोको बहानामै १६–१७ करोड रुपैया रकमान्तर गर्दा पनि वास्तविक पीडितलाई राहात नदिइएको भन्दै उनले यसपटक मनाङबासीले प्रदेश सरकारको अनुभुति गर्नै नपाएको बताए ।
‘रकमान्तर गरेर त्यत्रो रकम कार्यकर्तालाई बाडिएको छ, बाढीपीडितको हालत यस्तो छ ।’ मनाङको स्थलगत भ्रमणपछि पहारीले समाधानसँग भने ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया