महिला समूहलाई कृषि विकास बैंकको सहयोग

समाधान संवाददाता
पोखरा, २२ असार
कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराले पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको गतिशील महिला समूहलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समूहको भवनको छतमा ट्रस निर्माणका लागि १ लाख ४० हजार हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य हरिप्रसाद पराजुलीले २०२४ सालमा बैंकको स्थापना कृषि क्षेत्रको विकासका लागि भएको स्मरण गरे । बैकले सरकारको विकासे अड्डाको रुपमा काम गर्दै आएको र नेपालको गरिबी निवारणमा उल्लेख्य भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
बैंक नाफामुखीमात्र नभएर निश्चित प्रतिशत समाजका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरिएको उनले बताए । महिला समूहलाई गर्न पाउँदा हामी खुसी लागेको जनाउँदै उनले संस्थाको प्रगतिको कामनासमेत गरे ।
बैंकको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपानेले जनताको घर, आँगनको बैंकले अहिले क्यासलेस कारोबारलाई जोड दिएको उल्लेख गरे ।
कार्यक्रममा मुख्य शाखा प्रबन्धक माधव रिजाल, बगर शाखका प्रवन्धक मोतीप्रसाद पौडेल, समूहकी अध्यक्ष तारादेवी बराल, बैंकका चिप्लेढुगा शाखा प्रबन्धक हिमलाल श्रेष्ठ, गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ व्यवसाय अधिकृत राजेन्द्र सुवेदी, बैंकको गण्डकी प्रदेश कार्यालय पोखरा वरिष्ठ शाखा प्रमुख महेश पौडेल लगायतले बोलेका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया