उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई बुझाइयो

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।
महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधनहरू एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताउनुभयो । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधनहरू उपत्यकाका वरिपरी जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन् । चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताए ।
महाशाखाले चालू आर्थिक वर्षमा उपत्यकाबाट हराएका ४१३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ । उक्त चोरी कार्यमा संलग्न ५१ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न वृत्तमा पठाइसकिएको महाशाखाले जनाएको छ । रासस









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया