कोरलानाकामा भेटिएकी बेवारिसे महिलाको प्रहरीले ग¥यो उद्दार

समाधान संवाददाता २०७८ असार २३ गते १४:५६

एसके थकाली \ जोमसोम

नेपाल—चिनबीचको सीमावर्तीक्षेत्र उत्तरी कोरलानाकामा बेवारिसे अवस्थामा भेटिएकी एक महिलाको मुस्ताङ प्रहरीले उद्दार गरेको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ—४ अन्तर्गत पर्ने नेपालतर्फको कोरलाबोर्डर नजिक सोमबार बेवारिसे अवस्थामा हिडडुल गर्दै गरेकी करिव २५ वर्षकी महिलालाई प्रहरीले कोरलानाका पुगेर उद्दार गरेको हो ।

कोरलानाकामा बेवारिसे भेटिएकी उक्त महिलाको मानसिक सन्तुलन ठिक नभएकाले आफ्नो नाम÷थर र ठेगान बताउन नसक्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बेवारिसे भेटिएकी महिलालाई प्रहरीले उद्दार गरी मानवसेवा आश्रम बाग्लुङमा पठाएको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

यसअघि मुस्ताङको उत्तरी कोरलानाकामा बेवारिसे महिला हिडडुल गर्दै गरेको सूचना पाएपछि प्रहरीको टोली कोरलानाकामा पुगेर गाडी चढाएर जोमसोम ल्याएको थियो ।
कोरलानाकामा बेवारिसे अवस्थामा भेटिएकी महिला केही दिनअघि जोमसोम हँुदै कोरलानाका पुगेकी थिईन् ।

विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरना भाईरसका कारण उत्तरी कोरलानाकामा डेढ वर्षदेखि चिनपक्षले विगत भन्दा कडा निगरानी गर्दैआईरहेको छ । कोरना संक्रमण जोखिम तथा सीमावर्तीक्षेत्रमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि कोरलामा तैनाथ चिनिया सुरक्षाकर्मीले नेपालपक्षकालाई २४ नं. पिल्लर नजिक आउन समेत दिएका छैनन् ।

फोटो क्याप्सन ः
कोरलानाकामा बेवारिसे भेटिएकी महिला । तस्विर ःजिप्रका मुस्ताङ ।

तपाईको प्रतिक्रिया