एमाले विवाद समाधान उन्मुख, भाेलि ११ बजे फेरि बैठक

समाधान संवाददाता २०७८ असार २३ गते १६:३४

समाधान संवाददाता, पाेखरा ।

लामाे समयदेखि विवादमा फसेकाे नेकपा एमाले फुटबाट जाेगिने सम्भावना बढेकाे छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २ गुट पार्टी विभाजनकै अवस्थामा पुगेकाे बेलामा दाेश्राे तहका नेताहरु पार्टी मिलाउन सकृय छन् ।

पछिल्लाे समयमा दुवै तर्फबाट गठित उच्चस्तरीय कार्यदल पार्टी विभाजन मिलाउन सकृय छ । कार्यदलमा नेपाल पक्षकाे नेतृत्व भिम रावलले गरेका छन् भने ओली पक्षकाे नेतृत्व सुभाष नेवाङले गरेका छन् ।

Advertisement

कार्यदलमा ओली पक्षबाट विष्णु पाैडेल, प्रदिप ज्ञवाली, शंकर पाेखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट रघुजि पन्त, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र गाेकर्ण विष्ट सहभागी छन् ।

बुधबार दिउसाे बसेकाे कार्यदलकाे बैठक सहमति नजिक पुगेकाे दुवै पक्षका कार्यदलका सदस्यले बताएका छन् । कार्यदलका सदस्यहरुबीच सहमतिकाे सुत्रमा एकमत भैसकेकाे छ । अब उनीहरुले दुवै तर्फका शीर्ष नेतालाई मनाउने जिम्मा पाएका छन् ।

Advertisement

यद्यपि आजकाे बैठक बस्नु अघि भिम रावलले माधव नेपाललाई भेटेर आएकाले अब धेरै समस्या नभएकाे बताइएकाे छ ।

कार्यदलमा रहेका नेताहरु सुभाष नेवाङ, प्रदिप ज्ञवाली र गाेकर्ण बिष्टले पार्टी विवाद समाधानउन्मुख रहेकाे बताए । उनीहरुले मुख्य नेताहरुलाई बुझाउनका लागि आजकाे समय मागेकाले बैठक विहीबार दिउसाे ११ बजे पुन बैठक बस्ने गरी सकिएकाे तिनै जना नेताले बताएका छन् ।

तपाईको प्रतिक्रिया