हाेटल मेरियटमा ओली र नेपालबीच भेट वार्ता सुरु

समाधान संवाददाता २०७८ असार २३ गते १९:४३

समाधान संवाददाता, काठमाडाैं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएकाे छ ।

वार्ता होटल मेरियटमा बुधबार साँझ सुरु भएको छ। पछिल्लो पटक ओली र नेपालबीच दुई पटक टेलिफोन वार्ता भएको थियो। तर ती वार्ताहरु निष्कर्षविहीन भएका थिए।

कार्यदलबीच सहमति भएपछि ओली र नेपालबीच वार्ता सुरु भएकाे हाे । अहिले पनि भेटवार्ता जारी छ ।

तपाईको प्रतिक्रिया