लोमान्थाङमा पुराना “छोर्तेन’ पूननिर्माण हुँदै

समाधान संवाददाता २०७८ असार २३ गते १९:४७


एसके थकाली \ मुस्ताङ
हिमाली जिल्ला मुस्ताङ धार्मिक,सांस्कृतिक र ऐतिहाँसिक संम्पदाले धनी छ । माटोको सहर लोमान्थाङको मौलिक कलासंस्कृति ,रहनसहन र ऐतिहाँसिक सम्पदाले मुस्ताङको पर्यटकीय धरोहरलाई जिवन्त तुल्याएको छ ।
तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म दर्जनौ यस्ता धार्मिक,सांस्कृतिक र ऐतिहाँसिक विविधता झल्किने मौलिक सम्पदा छन् जसले मुस्ताङको पर्यटनक्षेत्रलाई उचाईमा पू¥याएको पाईन्छ ।

मुस्ताङमा सदिंयौवर्ष अघिबाट निर्माण भएका ऐतिहाँसिक सांस्कृतिक संम्पदा पछिल्लो समय जीर्ण हुँदै जान थालेको छ ।अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गत पर्ने उपल्लो मुस्ताङमा दर्जनौ यस्ता सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जुन अवलोकन गर्दा उपल्लो मुस्ताङ पुग्ने पर्यटक मख्ख पर्ने गर्छन् ।

उपल्लो मुस्ताङ जाने पर्यटकले अध्यागमन विभागलाई ५ सय डलर रोयल्टी तिरेपछि मात्र उपल्लो मुस्ताङ जाने अनुमती दिईन्छ । धार्मिक,सांस्कृतिक सम्पदाले प्रचूर संम्भावना बोकेको उपल्लो मुस्ताङमा सांस्कृति मासिने होकी भन्ने चिन्ता स्थानीयमा छ ।

Advertisement

उपल्लो मुस्ताङमा झन्डै ७ सय पुराना मुस्ताङी राजाको ऐतिहासिक राजदरबार देखि गुफा ,गुम्बा र छोर्तेन अवस्थित छन् । तिब्बतीयन कलासंस्कृतिको प्रभाव रहेको उपल्लो मुस्ताङमा तिब्बती संस्कृतिको मौलिकतामा निर्माण भएका सदिंयौ वर्ष पुराना छोर्तेनहरुको पुननिर्माणमा सरकारले चाँसो दिन थालेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड््यन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले उपल्लो मुस्ताङको लोमान्थाङमा अवस्थित ३ वटा जीर्ण छोर्तेन पूननिर्माणमा जोड दिएको छ ।यस्तै ,पुरातत्वले लोमान्थाङमा रहेको छोर्तेन पूननिर्माणका अलावा मुक्तिनाथको ज्वालामाई गुम्बा र थासाङ—२ कोवाङमा अवस्थित जीण गुम्बाको पूननिर्माणका लागि १ करोड ८० लाख बजेट बिनियोजन गरेको थियो ।

Advertisement

लोमान्थाङ—५ को ३ वटा छोर्तेन पूननिर्माणका लागि ४० लाख,मुक्तिनाथ ज्वालामाई गुम्बा पूननिर्माणका लागि १ करोड र थासाङको कोवाङ गुम्बाका लागि ४० लाख बजेट बिनियोजन गरिएको थियो ।

कोरोना माहामारीको बिषम अवस्थामा समेत उपल्लो मुस्ताङको लोमान्थाङमा पुराना जीर्ण छोर्तेन पूननिर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उपल्लो मुस्ताङको मौलिकताले भरिएको ऐतिहाँसिक छोर्तेन पूननिर्माणको जिम्मा खिङ्गा कन्ट्रक्सनले लिएको हो ।

पुरातत्वले तयार गरेको डिजाईन बमोजिम पुरानो संरचना नमासिने गरी पुरानै शैलीमा छोर्तेन पूननिर्माणको काम अन्तिम चरणमा पुगेको कन्ट्रक्सनका प्रतिनिधि लाक्पा वाङ्दी गुरुङले जानकारी दिए । उनका अनुसार लोमान्थाङका ७ वर्ष पुराना ३ वटा छोर्तेनको ९० प्रतिशत भौतिक प्रगती भएको छ ।

जलवायु परिवर्तनको असरले जोखिममा रहेका ऐतिहाँसिक छोर्तेनको जिर्णोद्धारले संस्कृति संरक्षणमा योगदान पुग्ने स्थानीय बताउँछन् । लोमान्थाङमा तिब्बती संस्कृति झल्किने गरी प्राचिनशैलीमा स्थानीय तथा काठमान्डौंबाट कालिगढ झिकाएर छोर्तेनलाई सिङ्गारने काम भईरहेको जनाईएको छ । कन्ट्रक्सनका अनुसार अबको २ साता भित्र छोर्तेन निर्माण भई पुरातत्व विभागलाई हस्तान्तरण गरिनेछ ।

यस्तै,पुरातत्व भिभाग अन्तर्गत २०७२ सालमा भुकम्पको धक्काले जीण बनेको ज्वालामाई गुम्बाको पूननिर्माणको काम भईरहेको मुक्तिनाथ स्थानीय संरक्षण समितिले जनाएको छ ।समितिले पुराना संरचना पुरै भत्काएर पुराना शैलीमा नयाँ गुम्बा पूननिर्माण गरिहेको छ ।

फोटो क्याप्सन ः
उपल्लो मुस्ताङको लोमान्थाङमा ७ सय वर्ष पुरानो छोर्तेन पूननिर्माण अन्तिम चरणमा । तस्विर ःलाक्पा वाङ्दी गुरुङ ।

तपाईको प्रतिक्रिया