मुस्ताङको घरपझोङमा दुई दुधे बालबालिकालाई कोरोना पोजेटिभ

समाधान संवाददाता २०७८ असार २३ गते २१:३९


एसके थकाली \ जोमसोम

मुस्ताङमा दुई अवोध बालबालिकालाई कोरोना संक्रमण देखिएको छ । मुस्ताङ जिल्ला अस्पताल जोमसोममा बुधबार गरिएको एन्टिजेन परीक्षणमा २० महिनाको बालक र २७ महिने बालिकामा कोरोना संक्रमण देखा परेको जिल्ला अस्पताल जोमसोमले जनाएको छ ।

अस्पतालका कोभिड फोकल पर्सन डा. केविन पौडेलका अनुसार मुस्ताङको घरपझोङ—४ र घरपझोङ—३ मा बस्ने बालबालिकामा कोरोना पुष्टि भएको हो ।कोरोना भाईरसको तेश्रो लहरको हल्ला चलिरहेका बेला मुस्ताङमा अहिलेसम्मकै कम उमेरका बालबालिकामा कोरोना पोजेटिभ देखिएको हो ।

Advertisement

कोरोना पोजेटिभ बालबालिकालाई अस्पतालकै कोभिड आईसोलेसनाम राखिएको र उनीहरुको अवस्था सामान्य भएको डा. पौडेलले उल्लेख गरे । कोरोनाको दोश्रो लहरसगै हिमाली जिल्ला मुस्ताङमा झन्डै ४ सय ७६ जनामा कोरोना संक्रमित देखा परेकोमा ४ सय २५ जना निको भईसकेका छन् ।

कोरोनाका कारण मुस्ताङमा १५ जना व्यक्तिले ज्यान गुमाएका छन् । मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या ११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया