बाटुलेचौरबाट हराएकी समृद्धि धम्पुसमा भेटिइन्

समाधान संवाददाता २०७८ असार २३ गते २१:४७

समाधान संवाददाता, पोखरा

बाटुलेचौरबाट मंगलबारदेखि हराएकी १५ वर्षीय समृद्धि राई कास्कीको धम्पुसमा भेटिएकी छन् । बुधबार साँझ उनलाई प्रहरीले धम्पुसमा फेला पारेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

मंगलबार साँझ ५ बजे घरबाट निस्किएको उनलाई खोजी गरिदिन बुधबार मध्याह्न परिवारले जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गरेको थियो । फेला परेकी बालिकालाई उनकी आमाको जिम्मा लगाइसकिएको पनि डिएसपी हमालले जानकारी दिए ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया