हङकङका अर्बपति होतुङ तथा अमरधन स्मृति प्रतिष्ठानले पठाएको २० थान अक्सिजन सिलिन्डर मुस्ताङलाई हस्तान्तरण

समाधान संवाददाता २०७८ असार २४ गते १७:१२

एसके थकाली \ जोमसोम

हङकङका अर्बपति होतुङ तथा अमरधन स्मृति प्रतिष्ठानले पठाएको २० थान अक्सिजनसहितको सिलिन्डर हिमाली जिल्ला मुस्ताङ आईपुगेको छ । “दीगो तथा उत्थानशील समाजका लागि हिमाल पहल’ नामक संस्थाको समन्वयमा प्राप्त सिलिन्डर बिहिबार जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङलाई हस्तान्तरण गरिएको छ ।

अर्बपति होतुङ तथा प्रतिष्ठानले पठाएको ४० लिटर क्षमताको ४ सय ५० थान अक्सिजन सिलिन्डर गैह्र आवासीय नेपाली संघका अन्तराष्ट्रिय परिषदका सल्लाहाकार तथा अमरधन स्मृति प्रतिष्ठानका संस्थापक त्रिलोक गुरुङको पहलमा नेपाल आईपुगेको थियो। नेपाललाई पठाईएको अक्सिजन सिलिन्डर मध्ये मुस्ताङका ५ वटै पालिकालाई ३÷३ थान र मुक्तिनाथ हाईअल्टिच्युड सेन्टरलाई ५ थान अक्सिजन सिलिन्डर बितरण गर्ने गरी स्वास्थ्य कार्यालय मुस्ताङलाई हस्तान्तरण गरिएको दीगो तथा उत्थानशील समाजका कोषाध्यक्ष योगेश शेरचनले जानकारी दिए ।

Advertisement

उनका अनुसार यसअघि पनि संस्थाको समन्वयमा बिभिन्न संघसंस्था र निकायको सहयोगमा दीर्घ रोगी तथा कोरोना भाईरसका बिरामीको उपचारमा सहयोग पू¥याउन अक्सिजन सिलिन्डर , कल्सन्ट्रेटर,माक्स ,सेनेटाईजर लगायतका स्वास्थ्य समाग्री मुस्ताङका स्थानीय तह र स्वास्थ्य कार्यालयहरुमा हस्तान्तरण गरिसकेको छ ।

“ मुस्ताङलाई पठाईएको अक्सिजन सिलिन्डरहरुको बितरणमा हामीले सहजीकरण गर्दैआईरहेका छौं,“ दीगो तथा उत्थानशील समाजका कोषाध्यक्ष शेरचनले भने,“ सिलिन्डर रिफिल र ढुवानी आदीमा हामीले सहयोग गरेका छौं ।“

Advertisement

अर्बपति होतुङ तथा प्रतिष्ठानले पठाएको २० थान अक्सिजनसहितको सिलिन्डर जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनले स्वास्थ्य प्रमुख टिकाराम भण्डारी समक्ष हस्तान्तरण गरिएको हो । उपप्रमुख शेरचनले कोरोना माहामारी तथा दीर्घ रोगका गम्भिर बिरामीको उपचारका लागि उपलब्ध अक्सिजनले नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था टरेको उल्लेख गरे ।

यस्तै स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले संघ,प्रदेश र विभिन्न निकायबाट मुस्ताङलाई अक्सिजन,कल्सन्ट्रेटर र स्वास्थ्य सामाग्री प्राप्त भईरहेको जानकारी दिए । उनका अनुसार मुस्ताङमा करिव २ सय थान अक्सिजन सिलिन्डर र १ सय थान कल्सन्ट्रेटर मौज्याद रहेको बताए ।

यसअघि माउन्टेन हर्ट नेपाल र गैह्र आवासीय नेपाली संघ लगायतका संघसंस्थाबाट मुस्ताङलाई अक्सिजन सिलिन्डर र कल्सन्ट्रेटर उपलब्ध भएको थियो । विभिन्न निकायबाट अक्सिजन प्राप्त हँुदै हुनथालेपछि जिल्लाका सबै स्थानीय तहका कोभिड आईसोलेसन ,स्वास्थ्य चौकी र ईकाईहरुमा अक्सिजनको सुविधा उपलब्ध भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

यसअघि मुस्ताङमा पर्याप्त अक्सिजन मौज्याद नहँुदा र जिल्ला अस्पतालको अक्सिजन प्लानमा बितरणको सुविधा नहुँदा दुर्गम गाउँका बिरामीलाई उपचार पद्धतीमा समस्या पर्दैआईरहेको थियो ।

तपाईको प्रतिक्रिया