गण्डकी प्रदेशमा २७ गतेबाट बजेटमाथि छलफल

समाधान संवाददाता २०७८ असार २४ गते १९:५८

समाधान संवाददाता, पाेखरा ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासकाे मत पाए लगत्तै अनिश्चित कालसम्मका लागि स्थगित भएकाे गण्डकी प्रदेश सभाकाे बैठक आगामी असार २७ गतेबाट सुरु हुने भएकाे छ ।

असार १ गते आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गरेका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासकाे मत लिएका थिए । त्यसपछि बजेटकाे राताे किताब तयार नभएकाे भन्दै सदन स्थगित गरिएकाे थियाे ।

Advertisement

मुख्यमन्त्री श्राेतका अनुसार बजेटकाे राताे किताब तयार भैसकेकाले अब असार २७ गते ११ बजेबाट बजेटमाथि छलफल गर्ने गरी सदनकाे बैठक बाेलाइएकाे छ ।

असार २७ गते सदन बस्ने भएकाले साे दिन उपस्थित हुनका लागि प्रदेश सभा सदस्यहरुलाई संसद सचिवालयले सुचित गरेकाे छ ।

Advertisement

यसअघि असार २६ गते कार्यव्यवस्थाकाे बैठक आयाेजना गरिएकाे छ ।

तपाईको प्रतिक्रिया