स्वास्थ्य केन्द्रलाई जग्गादान

समाधान संवाददाता २०७८ असार २५ गते १०:३८

पोखरा, २४ असार (समाधान)

पालिकाका माताहातमा रहने गरी पुतलीबजार नगरपालिका–४, नागडाँडामा बन्न लागेको आधारभूत स्वास्थ्य केन्द्रका लागि निशुल्क जग्गा प्राप्त भएको छ । सोही ठाउँकी सेतीदेवी पोखरेल र चूडामणि पोखरेलले पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरेका छन् ।

नगरप्रमुख क्षेत्रीले जग्गा उपलब्ध गराएकोमा धन्यवाद दिइन् । प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराइने उनले बताइन् । नगर प्रमुख क्षेत्रीले पोखरेल दम्पतीलाईसम्मानसमेत गरिन् ।

Advertisement

स्वास्थ्य केन्द्रका लागि स्थानीय चूडामणिले१० आना ३ दाम र सेतीदेवीले २ आजा ३ दाम जग्गा दिएका छन् । उनीहरुले मालपोत कार्यालयबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा पास गरी उक्त जग्गा उपलब्ध गराएको पुतलीबजार नगरपालिका ४ का वडा अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, योजना अधिकृत ताराचन्द्र ढकाल, सूर्याेदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र पालिकाका प्रेस संयोजक रोशन लामिछानेले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया